Saturday, April 27
Shadow

प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी


  • -इ
  • इ+

काठमाण्डौँ, असोज २०
प्रभु लाइफ इन्स्योरेन्स लि ले मृतक केदार बहादुर अधिकारीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी दिएको छ । शाखा कार्यालय गोंगबुमा एक कार्यक्रमका बीच उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेल ले मृतककी श्रीमति शुशिला घिमिरेलाई प्रदान गर्नु भएको हो ।

धादिङ जिल्ला गंगाजमुना गाउँपालिका घर भएका बीमित अधिकारीले डेढ वर्ष अघि प्रभु लाइफ इन्स्योरेन्स लि शाखा कार्यालय गोंगबुबाट १५ लाख रुपैयाको २० वर्षे अवधि राखेर आफ्नो जीवन बीमा गराएका थिए । निज बीमितको कोरोनाको कारणले अस्पतालमा मृत्यु भएको थियो । कूल बीमाङ्क रकम १५ लाख र आर्जित बोनस सहित जम्मा १६ लाख १२ हजार ५ सय रुपैयाँको चेक कम्पनीले बीमितको परिवारलाईहस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीबन बीमा कम्पनीको दायित्व भनेकै आर्थिक जोखिमको रक्षा गर्ने भएकोले कम्पनीमा बीमा गरेका बीमितहरुलाई दाबी पर्दा सरल तरिकाले दाबी भुक्तानी दिनु कम्पनीको दायित्व भएको बताउनु भएको थियो । कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्स लि का बाग्मती प्रदेश प्रमुख सागर के.सी, एरिया मेनेजर खेमराज खनाल, काठमाण्डौँ महानगरपालिका वडा न ७ का वडा सदस्य कृष्ण प्रसाद घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares