काठमाण्डौँ, कार्तिक ४
सामलिङ्ग पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) बिहीबारदेखि बिक्री खुल्ला भएको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
जसमध्ये कर्मचारीलाई २ प्रतिशत र सामुहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । बााकी ६ लाख ७८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता आवेदन दिन पाइनेछ । मेरो सेयर अनलाइन प्रणाली तथा खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सकिनेछ । कात्तिक ८ गतेसम्म यसमा आवेदन दिने मिति तोकिएको छ ।
कम्पनीले ९.५ मेगावाटको माइ बेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट २१ करोड ३ लाख अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा रहने अनुमान छ ।
