Thursday, May 21
Shadow

समाज

शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरुवा रोक्यो

शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरुवा रोक्यो

ब्यानर समाचार 2, शिक्षा, समाचार, समाज
काठमाडौं , पुस २१ । शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ । अहिले शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले जिल्लान्तर सरूवा रोकिएको मन्त्रालयले जनाएको छ । विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज एक सूचना जारी गर्दै शिक्षक दरबन्दी मिलान कार्यका लागि भन्दै शिक्षक सरुवा रोकेको हो । सूचना पत्रमा भनिएको छ– ‘शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिका लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि शिक्...
कमल थापाद्वारा भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको घटनाको भत्सर्ना

कमल थापाद्वारा भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको घटनाको भत्सर्ना

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , पुस २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गरेका छन् । नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको गरेको थियो । अध्यक्ष थापाले सामाजिक संजालमा टिप्पणी गर्दै घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् । उनले भनेका छन्- कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु । घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र द...
कञ्चनपुरमा भारतीय एसएसबीले चलायो गोली, १ नेपाली घाइते

कञ्चनपुरमा भारतीय एसएसबीले चलायो गोली, १ नेपाली घाइते

मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, पुस २१ । कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ। सीमा क्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। गोली लागेर १ नेपाली घाईते भएको बुझिएपनि आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको उनले बताए। स्थानीयको भनाईमा भने भारतिय एसएसबीले गोली चलाउदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार एसएसबीको गोली लागेर घाइते भएका छन्।...
कैलालीमा ७ किलो चरेशसहित होटल सञ्चालक पक्राउ

कैलालीमा ७ किलो चरेशसहित होटल सञ्चालक पक्राउ

अपराध, समाचार, समाज, स्थानिय तह
कैलाली, पुस २० । कैलालीमा चरेशसहित एक होटलका सञ्चालक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका अत्तरियास्थित जानकी होटलका सञ्चालक बलबहादुर धामी पक्राउ परेका हुन। उनको साथबाट ७ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ। धामीलाई प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले पक्राउ गरेको हो।...
ओझेल भित्रको बागलुङ थास्पुरी गाउँको  भित्रि कथा

ओझेल भित्रको बागलुङ थास्पुरी गाउँको भित्रि कथा

विचार, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं २० बागलुङ जिल्ला साविक खुखांनी गाविस वडा नम्बर ६ हाल तमानखोला गा.पा. ५ मा पर्ने एउटा दलितहरुको बस्ति रहेको गाँउको नाम हो थास्पुरी ।यो गाउमा पुग्न ब्यापारिक केन्द्र बुर्तिवाड्ड बजार बाट १९ किलोमिटरको यात्रा पार गर्नुपर्दछ, समुन्द्रि सतह देखि करिव ३२ सय मिटर उचाईमा रहेको यस गाउको कथा भने बडो रोचक र आश्चर्य जनक छ । आजको विकाश ले थास्पुरी गाउको उबेलाको पिडा भुसुक्कै सिर्साएको छ अझ युवा पुस्तालाई यो कुरा सुनायो भने त यस्तो पनि हुन सक्छ भनेर उल्टै प्रश्न गर्छन तर अहिलेझै थिएन त्यो बेलाको थास्पुरी गाउ यति पढे पछि जोकोही लाई प्रश्न जन्मिन्छ वा जिज्ञासा लाग्छ उसो भए , कस्तो थियो त ? वा कस्तो हुदो हो त ? स्थानीयहरु संग गरिएको यो रोचक अनि आश्चर्य लाग्दो थास्पुरी गाउको कथा ।   करिवन १९७० साल तिर तीन घर ढुड्डा र छ घर खरको गरेर जम्मा नौ घर रहेको थास्पुरीको ...
बन्द भयो सवारी चालक अनुपतिपत्रको अनलाइन फाराम

बन्द भयो सवारी चालक अनुपतिपत्रको अनलाइन फाराम

आर्थिक, टिप्स, मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष २० लामो समय पछि खुलेको सवारी चालक अनुपतिपत्र (लाइसेन्स) अनलाइन फाराम पुनः बन्द भएको छ । यातायात व्यवस्था विभागलले नौ महिनापछि चालक अनुमतिपत्रको अनलाइन फाराम खुला गरेको भए पनि साइटमा समस्या आएको भन्दै पुनस् बन्द गरेको हो । सोमबार विज्ञप्ति जारी गर्दै केही दिन सर्भर मर्मत गर्नका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । ...
हुम्लामा भारी हिमपात : जनजीवन कष्टकर , किसान भने खुशी, हवाई सेवा बन्द

हुम्लामा भारी हिमपात : जनजीवन कष्टकर , किसान भने खुशी, हवाई सेवा बन्द

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , पुस २० । हुम्लामा भारी हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको हो । मौसममा आएको बदलीसँगै एक्कासी बाक्लो हिमपात भएर जमिनमा बाक्लो हिउँ जमेको छ । जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र हिमपातले सेताम्य भएका छन् । चिसो निक्कै बढेपछि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । हिमपातका कारण जेष्ठ नागरीक तथा बालबालीकालाई भने चिसोले समस्या परेको छ । हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पनि बन्द भएको छ । यता वर्षासँगैको हिमपात भएकाले बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् ।...
मुद्दा विचाराधीन र सडकमा विरोध भइरहेकै बेला सरकारले गठन गर्‍यो निर्वाचन सुरक्षा समिति

मुद्दा विचाराधीन र सडकमा विरोध भइरहेकै बेला सरकारले गठन गर्‍यो निर्वाचन सुरक्षा समिति

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २० । सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहसचिव तहका अधिकृत सम्मिलित समिति गठन गरेका हुन् । समितिको सदस्य सचिवमा गृहकै शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव प्रेमलाल लामिछानेलाई तोकिएको छ । समितिलाई सुरक्षा संवेदनशीलताका आधारमा जिल्लागत विवरण, मतदानस्थल र मतदान केन्द्र, निर्वाचनविरोधी गतिविधिको समीक्षा र सुझाव, निर्वाचनमा सुरक्षा निकायको जिम्मेवारी र भूमिका, सवारी, अन्य प्राविधिक उपकरणलगायत अनुमानित लागत विवरण तयार पार्न भनिएको छ । गृहमन्त्रीको उक्त निर्णयपछि सशस्त्र प्रहरी र र...
बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बाजुरा, पुस २० ।बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको बडिमालिका नगरपालिका वडा नम्वर ६ कोर्धमा घाँस काट्ने क्रममा लडेर एक जनाको मुत्यु भएको हो । मृत्यु हुनेमा वडा नम्वर ६ कोर्धका धन बहादुर खड्का रहेका छन् । उनि शनिवार दिउसो घाँस काट्नको लागि घर नजिकै रहेको मेलामा गएका थिए । खड्का अवेर सम्म घरमा नआएपछि स्थानियले खोजि गर्दा आईतवार विहान घर नजिकै रहेको खणिल्ला मेलामा घाईते अवस्थामा भेटिएको र केही समयपछि उनको ३ बजे मृत्यु भएको स्थानीय जङग खड्काले जानकारी दिए ।...
पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं , पुस २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदै छन्। पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ। लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लान लागिएको हो। केही दिनअघि मेडिसिटी अस्पतालमा उपचार गरी उनी अहिले खुमलटारस्थित घरमै आराम गरिरहेकी छन्। यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो।...