Saturday, January 23
Shadow

पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै


  • -इ
  • इ+

काठमाडौं , पुस २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदै छन्।

पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ।

लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लान लागिएको हो।

केही दिनअघि मेडिसिटी अस्पतालमा उपचार गरी उनी अहिले खुमलटारस्थित घरमै आराम गरिरहेकी छन्। यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्