Friday, April 26
Shadow

शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरुवा रोक्यो


  • -इ
  • इ+

काठमाडौं , पुस २१ । शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ । अहिले शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले जिल्लान्तर सरूवा रोकिएको मन्त्रालयले जनाएको छ ।

विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज एक सूचना जारी गर्दै शिक्षक दरबन्दी मिलान कार्यका लागि भन्दै शिक्षक सरुवा रोकेको हो ।

सूचना पत्रमा भनिएको छ– ‘शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिका लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पूर्व अनुमतिमा गरिने जिल्लाभर सरुवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सूचना प्रकाशित नभए सम्मका लागि रोक्का राखिएको व्यहोरा जानकारी गराइन्छ ।’

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares