Friday, April 26
Shadow

कमल थापाद्वारा भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको घटनाको भत्सर्ना


  • -इ
  • इ+

काठमाडौँ , पुस २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गरेका छन् ।

नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको गरेको थियो ।

अध्यक्ष थापाले सामाजिक संजालमा टिप्पणी गर्दै घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् ।

उनले भनेका छन्- कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु । घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयको ध्यान आकर्षित गर्दछु ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares