कञ्चनपुर, पुस २१ । कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ।
सीमा क्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
गोली लागेर १ नेपाली घाईते भएको बुझिएपनि आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको उनले बताए। स्थानीयको भनाईमा भने भारतिय एसएसबीले गोली चलाउदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार एसएसबीको गोली लागेर घाइते भएका छन्।