Thursday, April 25
Shadow

कृष्णनगर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण


  • -इ
  • इ+

रवि प्रकाश कसौधन/कृष्णनगर, अषाढ ९
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका का ८२ जना स्वास्थ्य स्वयंसेविका लाई मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको छ ।

कृष्णनगर नगरपालिकामा ११५ स्वास्थ्य स्वयंसेविका रहेको जस्मा ८२ जना लाई वितरण गरिएको र छुटेका लाई आगामी बर्षमा निरन्तरता दिने कुरा कृष्णनगर नगरपालिका ले जनाएको छ । साइकल वितरण कार्यक्रमको बजेट आठ लाख रहेको थियो ।

कृष्णनगर नगरपालिका रहेको पुरानो भवनमा साइकल वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश भौतिक योजना तथा पूर्वाधार मंत्री सन्तोष कुमार पाण्डेयले स्वयंसेविका लाई साइकल हस्तांतरण गरि कार्यक्रमको शुभारंभ गर्नुभयो

कार्यक्रममा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले गांउमा स्वास्थ्य स्वयंसेविका लाई सेवा दिन सजिलो हुने उद्देश्यका साथ साइकल वितरण गरिएको बताए ।

कार्यक्रममा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, स्वास्थ्य शाखा संयोजक शंकर भट्टराई, मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिश समिति सदस्य के के गुप्ता, सीता डांगी, समाजसेवी शैलेश प्रताप शाह, कार्यक्रम सहजकर्ता विजय साप्कोटा, कृष्णनगर नगरपालिका का वडाध्यक्ष हरु, लगायत अन्यको उपस्थित रहेकोथियो ।

साइकल वितरण पछि स्वास्थ्य स्वयंसेविका हरु गाँउ- गाँउमा सेवा दिन सहज हुने विस्वास व्यक्त गरिन ।
कार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares