बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त
काठमाण्डौँ, कार्तिक १६
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणमुक्त भएका छन् ।
६ कार्तिकमा कोरोना पुष्टिपछि काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुख्यमन्त्री पौडेल उपचाररत थिए ।
१५ कार्तिकमा धुलिखेलस्थित प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आज आइतबार दिउँसो उनी डिस्चार्ज भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सँगै कोरोना पुष्टि भएको मुख्यमन्त्री पौडेलकी पत्नी विजयाको पुनः परीक्षणको रिपोर्ट पोजेटिभ नै आएपछि उनीहरु दुबै जना ललितपुर भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा बसिरहेका छन् ।
७४ बर्षीय मुख्यमन्त्री पौडेल १० दिनमै कोरोनामुक्त भए पनि उनकी पत्नीको रिपोर्ट पोजेटिभ आएका कारण सरकारी निवासको आइसोलेसनमा राखिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए ।
हाल मुख्यमन्त्री र उनकी पत्नीक...







