Thursday, April 25
Shadow

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक १६
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणमुक्त भएका छन् ।

६ कार्तिकमा कोरोना पुष्टिपछि काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुख्यमन्त्री पौडेल उपचाररत थिए ।

१५ कार्तिकमा धुलिखेलस्थित प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आज आइतबार दिउँसो उनी डिस्चार्ज भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सँगै कोरोना पुष्टि भएको मुख्यमन्त्री पौडेलकी पत्नी विजयाको पुनः परीक्षणको रिपोर्ट पोजेटिभ नै आएपछि उनीहरु दुबै जना ललितपुर भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

७४ बर्षीय मुख्यमन्त्री पौडेल १० दिनमै कोरोनामुक्त भए पनि उनकी पत्नीको रिपोर्ट पोजेटिभ आएका कारण सरकारी निवासको आइसोलेसनमा राखिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए ।

हाल मुख्यमन्त्री र उनकी पत्नीको स्वास्थ्यमा कुनै समस्या नभएको दाहालले जानकारी दिए । मधुमेहका बिरामीसमेत रहेका मुख्यमन्त्री पौडेलको गत जेठमा गंगालालमै मुटुको शल्यक्रिया गरिएको थियो ।

कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका उनलार्ई थप उपचारका नेपाली सेनाको हेलिकोप्टरमार्फत ७ कात्तिकमा काठमाडौं लगिएको हो । मुख्यमन्त्री पौडेल र उनी पत्नीसँगै एक सुरक्षाकर्मी, दुई जना नीजि चालक र एक जना कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

हाल सुरक्षाकर्मी, चालक र कार्यालय सहयोगी हेटौंडास्थित मुख्यमन्त्रीको सरकारी निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares