नुवाकोट,कार्तिक १४
स्वास्थ समबन्धी सचेतना को माध्यमबाट रास्ट्र,समाज लाई योगदान दिने उद्देश्यले देस ब्यापीरुपमा गठन भएको योगदान रास्ट्रको लागि फाउन्डेसन नुवाकोटमा जिल्ला समिति गठन भएको छ ।
नुवाकोट को १२ वटै स्थानी तहबाट युबा हरु को भेलाबाट गठित सो फाउन्डेसनको जिल्ला समितिको अध्यक्षमा रमेस भट्ट ,उपाध्यक्षमा रामेश्वर गजुरेल, सचिबमा सुसिला लामिछाने चयन भएका छ्न । तेसै गरि सहसचिवमा वंशिधर न्यौपाने चयन भएका छ्न र कोषाध्यक्षमा अनिला नगरकोटि समितिका सदस्यहरुमा श्रीकृष्ण कुमाल,हरि गजुरेल ,प्रमिला तामाङ ,सरिता श्रेष्ठ ,सरिता गजुरेल ,सन्तोष ढुंगेल ,मनोहर भट्टराई ,प्रसङ्ग तिमिल्सिना ,गोबिन्द प्रसाद रैला ,सरोज थापा ,प्रलाद भट्ट रहेका छ्न ।
सो समिती आबस्यकता अनुसार बिस्तार समेत हुने जनाइएको छ । विशेषत:स्वास्थ क्षत्रमा सामान्य ग्यानको अभाबमा अकालमा ज्यान गुमाउने नेपालिहरुको जीवन रक्षाका लागि सो अभियान संचालन गरिएको नुवाकोट को संयोजक रमेस भट्टले बताउनु भएको छ ।
निस्वार्थ सामाजिक कार्य गर्ने उद्देशय बोकेर योगदान रास्ट्रको लागि फाउन्डेसन दर्ता भइ सबै जिल्ला मा जिल्ला कमिटी निर्माण भइ रहेको कुरा भट्टले जानकारी दिनुभयो ।