Monday, April 22
Shadow

मंगलबार थपिए ३११४ जना कोरोना संक्रमित


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक १८
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार १ सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा जनाको ११ हजार १ सय ६६ पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ भने १ हजार २ सय ७७ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares