Thursday, April 25
Shadow

पश्चिमी वायुका कारण देशभरको मौसम प्रभावित, कतै छिटफुट वर्षा


  • -इ
  • इ+


काठमाण्डौँ, कार्तिक १८
पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ। काठमाडौं उपत्यकासहित केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार पश्चिमि वायुको प्रभाव रहने जनाएको छ।  “यो बलियो प्रणाली छैन, बिहीबारबाट मौसम सफा रहनेछ,” महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन्।

मनसुनको समय जेठदेखि असोजसम्म हावाको बहाउ सामान्यतया पूर्वबाट पश्चिमतर्फ हुन्छ। हिउँदमा भने पश्चिमबाट पूर्वतर्फ बहन्छ। जाडो याममा बहने पश्चिमी वायुले नेपालमा हिमपात गराउँछ।

तर, यसपालीको पश्चिमी वायुको ठूलो प्रभाव नरहेकाले अन्नबालीलाई नोक्सान गर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ। प्रशान्त महासागरको तापक्रममा आउने घटबढले पश्चिमी वायुको प्रभावित हुन्छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares