Tuesday, April 16
Shadow

एक महिनामा ल्याण्डफिल्ड साइटको काम सक्न सहरी विकास मन्त्री श्रेष्ठको निर्देशन


  • -इ
  • इ+

 

काठमाण्डौँ, कार्तिक १५
सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिना भित्रमा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न मिल्ने गरी काम गर्न निर्देशन दिएका छन्। शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार मन्त्री श्रेष्ठ बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका थिए।

हाल फोहोर फालिंदै आएको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनी बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गर्न गएका थिए। पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिंदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर बिसर्जन गर्न मिल्ने गरी काम सक्न निर्देशन दिएका हुन्।

लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर बिर्सजन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको बताएका थिए।

‘तपाइँले धेरै पटक भाका फेरी सक्नुभएको छ’, मन्त्री श्रेष्ठले निरीक्षणको क्रममा भने, ‘अब मंसिर १५ गतेबाट फोहोर बिसर्जन गर्न मिल्ने गरी तयारी गर्नुस्।’काठमाडौं र ललितपुर दुई महानगर सहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पाखरीको निर्माण भइरहेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares