Tuesday, June 9
Shadow

समाचार

कक्षा १२ को परीक्षा मंसिर ९ देखि

कक्षा १२ को परीक्षा मंसिर ९ देखि

ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक ५ कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ। गत बैसाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षण कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुनेछ। कोरोना संक्रमण भएर उपचार गराइरहेका विद्यार्थीलाई परीक्षा केन्द्रमा उपस्थित नहुन बोर्डले आग्रह गरेको छ।...
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरीको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरीको उद्घाटन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ५ राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्। मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो। त्यसपछि उनले दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ। दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो। विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।...
काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक  ४ काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । डा.गौतमका अनुसारकाठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका हुन् । आज सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ ।...
नेपालमा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४१,७७५ पुग्यो

नेपालमा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४१,७७५ पुग्यो

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ४ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार १०८ छ। योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्। आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।...
केराउ तस्करलाई समात्न खोज्दा दुई प्रहरीको हत्या, ७२ घण्टामै हत्यारा पक्राउ

केराउ तस्करलाई समात्न खोज्दा दुई प्रहरीको हत्या, ७२ घण्टामै हत्यारा पक्राउ

अपराध, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक ४ कैलालीमा केराउ तस्करलाई नियन्त्रणमा लिन खोज्दा सो समूहले प्रहरीको हत्या गरेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा शनिबार राति मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए । सोही क्रममा गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरीले हत्यामा संलग्न सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै नेपाली हुन् । प्रहरीमाथि आक्रमण गर्ने समूह ९ देखि ११ जनासम्म रहेको पाइएको छ । उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी छ । असई विकको शव आइतबार बिहान र प्रहरी जवान साउँदको शव आज मोहना नदीमा फेला परेको थियो । दुवैको विभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेक...
नेविसंघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण

नेविसंघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण

समाचार, समाज, स्वास्थ्य
नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले सोमबार सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ३ स्थित धुस्कुन स्वास्थ्य चौकीमा सोलार बत्ति,N95 मास्क,सेनेटाइजर लगाएतका अत्यावश्यक सामग्रीहरु बितरण गरेका छन्। त्यसैगरी वडा कार्यालयको प्रयोजनका निम्ति जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं ३ का अध्यक्ष श्री कैलास पौडेल लाइ सोलार बत्ति,N95 मास्क,सेनेटाइजर लगाएतका अत्यावश्यक सामग्रीहरु सोमबार नै महामन्त्री तिमल्सिनाले हस्तान्तरण गरेका छन् । कोरोना भाईरसको महामारी,विभिन्न समयमा आएको बाढि पहिरो लगाएत बिपत्ति र जिल्लाले बहोर्नपरेको पीडामा मल्हम लगाउन तिमल्सिनाको नेतृत्वको टोली संगै जिल्ला पार्टी तथा भातृ एबं सुभेक्षुक संस्थाका नेताहरू सम्मीलित टोली जिल्लामा निरन्तर क्रियाशिल छ । बिस्थापित हरुको राहत,उद्वार र पुनर्स्थापनामा जिल्लाामा अग्रणी भुमिकामा रहेका नेबिस...
काठमाडौं उत्यकामा २४ घण्टामै थपिए २३ सय ८८ कोरोना संक्रमित

काठमाडौं उत्यकामा २४ घण्टामै थपिए २३ सय ८८ कोरोना संक्रमित

ब्यानर समाचार 2, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार आठ, भक्तपुरमा ९९ र ललितपुरमा २८१ कोरोना संक्रमित थपिएका हुन् । आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।...
पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देश भर ३७९० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देश भर ३७९० जनामा कोरोना संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देशभर ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्। आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।...
कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक हुन्। दुई जनाको नोबेल शिक्षण अस्पतालमा, एक जनाको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा र एक जनाको न्युरो अस्पतालमा निधन भएको हो। मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्धको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। उनी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका थिए। निमोनिया भएर अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन वृद्धलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो। नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ। कोरोनाको लक्षण देखिएपछि उनको प...
बडा दशैंको तेश्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिदैं

बडा दशैंको तेश्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिदैं

अचम्मका कुरा, जिवनसैली, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ३ बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुँदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ। बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको छ। चन्द्रघण्टादेवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । अन्य समयमा राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिक...