Thursday, March 28
Shadow

कोरोनाले नेपालमा चार पत्रकारको मृत्यु, चार सय संक्रमित


  • -इ
  • इ+


काठमाण्डौँ, कार्तिक १६
कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जना पत्रकारको मृत्यु भएको छ।

नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार चार पत्रकारको मृत्यु भएको छ भने अहिलेसम्म चार सय भन्दा बढी पत्रकार संक्रमित भइसकेका छन्।

उच्च जोखिमका साथ रिपोर्टिङमा खटेका पत्रकारको निःशुल्क पिसिआर परीक्षण र उपचाररत सबै संक्रमित पत्रकारको उपचारमा उचित व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ।

‘मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पिसिआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ,’ महासंघका महासचिव रमेश विष्टले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares