Sunday, March 23
Shadow

नक्कली नेताहरुको चक्रब्युमा फसेको देशको नागरिक हुनु भन्दा, तिनीहरुका बिरुद्द जेहाद छेड्नु सजिलो र गौरबपूर्ण हुन्छ – डा. अम्विरस पोख्रेल


  • -इ
  • इ+

“नक्कली नेताहरुको चक्रब्युमा फसेको देशको नागरिक हुनु भन्दा, तिनीहरुका बिरुद्द जेहाद छेड्नु सजिलो र गौरबपूर्ण हुने गर्दछ” । – डा. अम्विरस पोख्रेल

१. ठुला पार्टीहरु र तिनीहरुका नेताहरुलाई कुन कुरा साचो र कुन कुरा झुटो हो, त्यसको कुनै मतलब छैन । सत्ता स्वार्थ उनीहरूको एक मात्र प्रपञ्च रहँदै आएको छ। सबै प्रकारका कथित गठबंधनहरु देशको ढुकुटी स्वाहा पार्ने ठग बन्धनहरु हुन भन्ने कुरा पटक पटक प्रमाणित हुँदै आएको छ। यहाँ भइरहेका कुनै पनि प्रकारका हर्कतहरु, कुनै पनि अर्थमा राजनीति दाउ पेच होइनन् सिर्फ नेपाली जनतालाई झुक्काएर निश्चित गुट हरु भित्र राज्यको स्रोत साधन दोहन गर्ने तिग्डम बाजी हो ।

२. उनीहरुका सबै काम कुराहरु कौडीको मुल्यमा मात्र हैन कि, बिदेशीको दासतामा लगाउन मात्र पाए पनि खुसि छन् । विदेशी शक्तिलाई खुसी राखेर आफ्नै जनतालाई ठग्नु उनीहरूको दैनिकी भएको छ।

३. त्यसैले यहाँ ६ महिना देखि १/२ बर्षमा सरकार परिबर्तन हुने गर्छन । प्रतेक पटक सरकार परिबर्तनसंगै देशका साधन स्रोत हाम्रो नै घाटी समात्ने गरि बिदेशीको पोल्टामा पुग्ने गर्छन अझ ! यो अर्को प्रकारको दुःखद अवस्था हो नेपालको लागि।

४. यो प्रकारका हरकत गर्नेहरू नेपालका स्वघोषित वा दाता घोषित (फण्डित हरु) बुद्दिजिबि, ठुला पार्टी र तिनीहरुका नेताहरुलाई बिसेष गरि पहाडी मुलका बंसजका आधारमा नेपाली नागरिकता धारी बास्तबिक रुपले नक्कली नागरिकहरु हुन् ।

५. तिनीहरु तराइ देखि तिब्बतका सिमा नजिकका झुपडीहरुमा हैन, नेपालको नक्कली सत्ताको वरिपरि घुम्दै तर सक्कली राज्य सत्ताको दोहन गरिरहेका छन् ।

६. त्यसैले देश निर्माण गर्ने बास्तबिक शक्ति अहिले नेपालको सत्तामा हैन, नक्कली सत्ताको झातोमुनी पिल्सिरहेका छन्, दवि रहेका छन । कहिले बाहिर निस्कने हुन अझै भन्न सकिने अवस्था देखिँदैन । छिटपुट व्यक्तिहरू निश्चित रूपमा देखा पर्ने गरेको पाइन्छ।

७. हामी आम रूपमा सामान्य जनतालाई मात्र देशको चिन्ता छ । तर अचम्मको कुरा त के छ भने, तिनै देश्द्रोहिहरुले (नक्कली नागरिकहरु) सामान्य जनताहरुलाई सजिलै विभाजित गरि, कतै वाह-वाह र कतै छि-छि र दुर-दुर गराउन सफल भैरहेका छन् ।

८. अर्थात् हामी तिनीहरुको अनेक प्रकारका जाली कुराहरु सुनेर वा जानेर वा नजानेर पनि विभाजित छौ ! कैयौ पटक हामीसंग विकल्पहरु आए । तर हामीले त्यसको सहि सदुपयोग गरेनौ वा गर्न सकेनौ । यहि बिभाजन हाम्रो अभिसाप भएको छ । जबसम्म हामी यो अभिसापमा अभिसप्त भैरहने छौ, तब सम्म देश समृद्ध बन्ने छैन ।

९. नेपाल किन समृद्ध बनेन हैन कि, नेपाल कहिले बन्छ भनेर सोच्न जबसम्म सुरु गर्दैनौ हामीले, तब सम्म देश अझ रसातल तिर नै जाने छ ।

१०. यसरी आफ्नै नक्कली नेताहरुको यो प्रकारको चक्रब्युमा फसेको देशको नागरिक हुनु भन्दा, तिनीहरुका बिरुद्द जेहाद छेड्नु सजिलो र गौरबपूर्ण हुने गर्दछ । कार्लमार्सले भने जस्तै, हामीले गुमाउने कुरा केहि छैन तर जित्नको लागि सिंगो समृद्ध नेपाल निकट भविष्यमा उभिएको छ ।
अस्तु ।
ए पोख्रेल ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares