लेखक – डा.अम्बरीश पोख्रेल
किन हामी निस्फिक्री शुभकामना दिन सक्छौ ?
१. उहाँहरुले कहिले वडादशमी, तिहार, छठ, ईद र बुद्ध जयन्तीहरु जस्ता ठुला पर्वहरु देखि लिएर विभिन्न जात जातिहरुका विशिष्ट पर्वहरूमा शुभकामना दिएको देख्नु भएको छ ? अह, मैले त देखेको छैन, अपवाद बाहेक ।
२. हिन्दु धर्म संस्कृति र संस्कृतले जुन सैद्धान्तिक धरातल टेकेर उभिएको छ, त्यसबाट उनिहरुमा छटपटी स्वतः देखिन्छ । तर पनि हामीले शुभकामना दिन सक्छौ र दिदै आईरहेका छौ । दिने नै छौ । जो धनी छ उसले नै धेरै दिन सक्ने सम्भावना हुन्छ, जो संग छैन, सिकेकै छैन, सिकाएको समेत छैन, उसले के दिन्छ अरूलाई ?
३. हामी आफ्नो मजबुत धरातलमा उभिएकोले नै उनिहरुका पर्वमा पनि निष्फिक्री शुभकामना दिन सक्छौ। यहि हाम्रो महानता र रहस्य हो । हाम्रो स्कुलिङ यहि हो ।
४. संस्कृत भाषा स्वयममा पूर्ण भाषा हो । पूर्ण साहित्य हो । घोर आश्चर्यको कुरा त यो छ कि, महान हाम्रा ऋषिहरुबाट हजारौं वर्ष अगाडि नै रिभ्यु समेत भइसकेको भाषा हो।
रिभ्यु भनेको के हो भन्ने कुरा अहिले आएर बल्ल प्रयोग गर्दै छन् अरूहरूले । तर संस्कृतले हजारौं वर्ष अगाडि नै संपन्न गरिसक्यो र बहसलाई उहिले निम्टारा गरी सक्यो ।
आफ्नो जग आफै बनाउन सक्षम रहेको युगीन धरोहर हो संस्कृत । र यसैसँग सम्बन्धित रहेर आएको सनातन वैदिक धर्म संस्कृति ।
५. यसले एकैपटक थुप्रै धर्म संस्कृति आस्था आदि इत्यादीको बीचमा पुलको काम गर्दै आएको देखिन्छ।
जुन समयमा यो भाषा संस्कृति र साहित्यको चरम विकास भइसकेको थियो, त्यो बेला अर्को थरिका एक हुल मानिसहरु आदिम साम्यवादमा (कार्ल मार्क्सको शब्द सापटी) थिए, अर्थात् जंगली युगमा थिए।
दक्षिण एसियामा संस्कृत भाषा, संस्कृति, र वेदका मन्त्रहरूको पढाइ हुँदै गर्दा हामी जंगली युगमा थियौ भनेर उनीहरूका अहिलेका आधुनिक महान भाषाविद्, संस्कृतिविद्, ईतिहास विदहरुले नै भनेका छन् र लेखेका छन् । यो हाम्रो दाबी होइन । उनीहरूकै बोलि हो। गूगल गरेर खोज्नु होस्, जति पनि पाइन्छ ।
६. त्यसैले, बिकाउहरुले अन्टसन्ट गर्दैमा, बोल्दैमा, संस्कृतका किताबहरू जलाउदैमा लाखौं शब्दहरूको भन्डार रहेको भाषा नामेट हुने कुरै भएन झन् यो नयाँ युगमा !
अब यो हिन्दू वैदिक धर्म संस्कृति, कला, भाषा, साहित्य खतम हुनको लागी तेर्सो विश्व युद्द हुनु पर्ने छ ताकि चौथो विश्व युद्दमा ढुङ्गा माटो प्रयोग गरेर युद्द हुने अवस्था (महान वैज्ञानिक आइन्स्टाइनको शब्दमा ) रहोस् ।
के यो संस्कृत भाषा, संस्कृति, कला, धर्म, साहित्य र यसले प्रतिपादन गरेका मानव जातिका आदर्शहरु मेटाउन उनीहरूले तेस्रो विश्व युद्द गर्लान् ? गर्दै गर्दैनन् । हास्यास्पद कुरा हुन् जान्छ।
त्यसैले ढुक्क हुनुहोस् हामी संपन्न थियौ र सम्पन्न छौं । यही यसको विशेषता हो । तर यसको जगेर्ना गर्नु परिवारका सबै सदस्यहरूको कर्तव्य र दायित्व दुवै हो।
अस्तु ।
ए. पोख्रेल ।