Friday, May 22
Shadow

मुख्य समाचार

भारतमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

भारतमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २६ । भारतको बिहार राज्यमा पर्ने चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ। हत्यापछि उनको शव प्रहरीकै मिलेमतोमा जबर्जस्ती जलाइएको संकेत पाइएको बीबीसी हिन्दीले जनाएको छ। बीबीसी हिन्दीका अनुसार प्रारम्भिक अनुसन्धान र भाइरल अडियोबाट घटनामा स्थानीय प्रहरी थानाकै थानाध्यक्षको मिलेमतो रहेको प्रमाण भेटिएको हो।...
बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ २६ । बारामा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या गरिएको छ। जिल्लाको बरियारपुर नगरपालिका वडा नम्बर १ मा अज्ञात समुहद्वारा धारिलो हतियार प्रयोग गरि ती महिलाको हत्या गरिएको हो । बरियारपुर नगरपालिका वडा नम्बर १ निवासी बैझनाथ प्रसाद कुशवाहाको ४५ बर्सिय श्रीमती कान्ती देवि कुशवाहालाई राती करिब १० बजेको समयमा हत्या भएको जिल्ला प्रहरी कार्यालय कलैया , बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार यस घटनाको बिषयमा अनुसन्धान भईरहेको र अनुसन्धानमा तालिम प्राप्त कुकुरलाई समेत परिचालन गर्ने तयारी भैरहेको जानकारी गराएका छन् । श्रीमान् पनि घर बाहिर भएको मौका छोपेर हत्या गरि फरार भएको डिएसपी मिश्रले बताए ।...
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २६। नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ। देशभरका यातायात व्यवस्था कार्यालयमार्फत् परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फाराम भरिरहेका छन्। गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो। झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा। लोकनाथ भुषालले बताए। उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो। निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकैपटक भीड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन्। अहिले फारम भर्न नसकिने समस्या हटेर गएको प्रवक्ता डा. भुषालले जानकारी दिए।...
इङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटीको लिभरपुलमाथि फराकिलो जित

इङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटीको लिभरपुलमाथि फराकिलो जित

खेलकुद, मुख्य समाचार
काठमाडौँ , माघ २६ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिभरपुलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इके गुनडोगनले दुई गोल गरे भने रहीम स्टरलिङ र फिल फोडेनले एक एक गोल गरे । गुनडोगनले दुई गोल गर्ने अघि खेलको ३७औ मिनेटमा पेनाल्टी मिस गरेका थिए । त्यस्तै लिभरपुलका लागि मोहमद सलाहले पेनाल्टी मार्फत एक गोल फर्काएका थिए । यो जितपछि म्यानचेस्टर सिटीले लिगमा आफ्नो अग्रता बढाएको छ । शिर्ष स्थानमा रहेको सिटीको २२ खेलमा ५० अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा ५ अंकले अगाडी रहेको छ । युनाइटेडको २३ खेलमा ४५ अंक रहेको छ । त्यस्तै लिभरपुल यो हारपछि २३ खेलमा ४० अंक सहित चौथो स्थानमा रहेको छ ।...
देशैभरी बदली, कस्तो रहला आजको मौसम ?

देशैभरी बदली, कस्तो रहला आजको मौसम ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौं , माघ २६। आज देशैभरी मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशैभरी बदली भएपछि अब वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । काठमाडौंमा पनि आज मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने छ । आज बिहान सूर्योदय ६ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५० मिनेटमा हुनेछ ।...
नेपालमा आजदेखि दोस्रो चरणको खोप अभियान सुरू ,कुटनीतिज्ञ र पत्रकारलाई लगाइँदै

नेपालमा आजदेखि दोस्रो चरणको खोप अभियान सुरू ,कुटनीतिज्ञ र पत्रकारलाई लगाइँदै

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ २६ । नेपालमा आज दोस्रो चरणको कोरोनाविरूद्धको खोप अभियान सुरू हुँदैछ ।दोस्रो चरणमा सरकारले पत्रकार र कूटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीहरुलाई लगाउन थालिनेछ । उपत्यकाका चारवटा अस्पतालबाट कूटनीतिक नियोग र संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारसहित भण्डै १९ हजारलाई कोरोना खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । महाराजगञ्ज शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र, पाटन अस्पताल र सिभिल अस्पतालबाट क्रमशः कूटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । देशभर करिब १३ हजार पत्रकार छन् । पहिलो चरणको कोरोना भाइरस ९कोभिड–१९०विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त...
आज २०७७ माघ २६ गते सोमबारको राशिफल

आज २०७७ माघ २६ गते सोमबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ ।  दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।लेनदेनमा सजकता अपनाउनु पर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्याय...
कार्यवाहक वडाध्यक्षको घरमा युवती मृत फेला, वडाध्यक्ष श्रीमतीसहित फरार

कार्यवाहक वडाध्यक्षको घरमा युवती मृत फेला, वडाध्यक्ष श्रीमतीसहित फरार

अपराध, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ १५ कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको गौरिगङ्गा नगरपालिका वडा नम्बर ३ मा करिब २२ वर्षकी सञ्जिता चौधरी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले बताए। गौरीगंगा नगरपालिका ३ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष निरज चौधरीको घरमा उनी मृत फेला परेकी हुन्। खुट्टा भुइँमा छोइएको अवस्थामा मृत भेटिएकी सञ्जिता र निरज लामो समयदेखि प्रेम सम्बन्धमा प्रहरीको अनुसन्धानमा खुलेको छ। निरज श्रीमतीसहित फरार छन्। उनले हालै मात्र अर्को विवाह गरेका थिए।...
नाटक र नौटङ्कीको प्रतिस्पर्धाले देश दुर्घटनातर्फ धकेलियो :  अध्यक्ष थापा

नाटक र नौटङ्कीको प्रतिस्पर्धाले देश दुर्घटनातर्फ धकेलियो : अध्यक्ष थापा

मुख्य समाचार, राजनिती
भकाठमाडौं , माघ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले यो आन्दोलन विदेशीका दबाब र प्रभावमा परेका विदेशीको पैसाले आन्दोलन र चुनाव गर्नेले यसको नेतृत्व गर्न नसक्ने बताउँदै यसको ढिलो चाँडो राष्ट्रवादी पार्टी राप्रपाले नै गर्ने जिकिर गरे । नेकपाभित्रको विवादले सिङ्गो देश बन्धक भएको थापाले बताए । दुई तिहाई बहुमत प्राप्त गरेको नेकपाकै कारण देश अराजकता र अस्थिरताको दलदलमा फसेको भन्दै जनतालाई बेइमानी र धोका भएको उनको भनाइ छ । उनले भने, - ओली र प्रचण्डको नाटक र नौटङ्कीको प्रतिस्पर्धाले देशलाई दुर्घटना तर्फ धकेलिरहेको छ । सत्तारुढ दलले आ...
मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
सुनसरी , माघ २४ । धरान सडकखण्डको इटहरी–२ पीपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । मोटरसाइकल चालक उदयपुर रूपाटार–२ घर भई इटहरी–८ बस्ने ५० वर्षीय नरजंग मल्ल र उनका बुबा ८२ वर्षीय कुवेरबहादुरको मृत्यु भएको हो । शुक्रबार दिउँसो धरानबाट जाँदै गरेको प्रदेश मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवैलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।...