Friday, April 19
Shadow

मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु


  • -इ
  • इ+

सुनसरी , माघ २४ । धरान सडकखण्डको इटहरी–२ पीपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।

मोटरसाइकल चालक उदयपुर रूपाटार–२ घर भई इटहरी–८ बस्ने ५० वर्षीय नरजंग मल्ल र उनका बुबा ८२ वर्षीय कुवेरबहादुरको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो धरानबाट जाँदै गरेको प्रदेश मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते दुवैलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares