Friday, March 29
Shadow

कार्यवाहक वडाध्यक्षको घरमा युवती मृत फेला, वडाध्यक्ष श्रीमतीसहित फरार


  • -इ
  • इ+

काठमाण्डौँ, माघ १५
कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको गौरिगङ्गा नगरपालिका वडा नम्बर ३ मा करिब २२ वर्षकी सञ्जिता चौधरी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले बताए।

गौरीगंगा नगरपालिका ३ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष निरज चौधरीको घरमा उनी मृत फेला परेकी हुन्। खुट्टा भुइँमा छोइएको अवस्थामा मृत भेटिएकी सञ्जिता र निरज लामो समयदेखि प्रेम सम्बन्धमा प्रहरीको अनुसन्धानमा खुलेको छ।

निरज श्रीमतीसहित फरार छन्। उनले हालै मात्र अर्को विवाह गरेका थिए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares