Thursday, April 18
Shadow

नेपालमा आजदेखि दोस्रो चरणको खोप अभियान सुरू ,कुटनीतिज्ञ र पत्रकारलाई लगाइँदै


  • -इ
  • इ+

काठमाडौँ, माघ २६ । नेपालमा आज दोस्रो चरणको कोरोनाविरूद्धको खोप अभियान सुरू हुँदैछ ।दोस्रो चरणमा सरकारले पत्रकार र कूटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीहरुलाई लगाउन थालिनेछ ।

उपत्यकाका चारवटा अस्पतालबाट कूटनीतिक नियोग र संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारसहित भण्डै १९ हजारलाई कोरोना खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

महाराजगञ्ज शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र, पाटन अस्पताल र सिभिल अस्पतालबाट क्रमशः कूटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।

खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । देशभर करिब १३ हजार पत्रकार छन् ।

पहिलो चरणको कोरोना भाइरस ९कोभिड–१९०विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकसहित अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई लक्षित गरि माघ १४ मा नेपालमा कोरोना खोप अभियान सुरू भएको थियो ।

तर, पहिलो चरणको पहिलो डोज खोप लगाउनेहरूको सहभागिता लक्ष्यअनुरूपको नभएपछि सरकारले सहभागिता बढाउन खोप केन्द्र पनि थप्दै लाने जनाएको छ ।

हाल २०१ केन्द्रबाट खोप दिइएकोमा त्यसलाई विस्तारको क्रम चलिरहेको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख एवं खोप विज्ञ डा।झलक शर्मा गौतमले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares