Tuesday, April 16
Shadow

नाटक र नौटङ्कीको प्रतिस्पर्धाले देश दुर्घटनातर्फ धकेलियो : अध्यक्ष थापा


  • -इ
  • इ+

भकाठमाडौं , माघ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले यो आन्दोलन विदेशीका दबाब र प्रभावमा परेका विदेशीको पैसाले आन्दोलन र चुनाव गर्नेले यसको नेतृत्व गर्न नसक्ने बताउँदै यसको ढिलो चाँडो राष्ट्रवादी पार्टी राप्रपाले नै गर्ने जिकिर गरे ।

नेकपाभित्रको विवादले सिङ्गो देश बन्धक भएको थापाले बताए । दुई तिहाई बहुमत प्राप्त गरेको नेकपाकै कारण देश अराजकता र अस्थिरताको दलदलमा फसेको भन्दै जनतालाई बेइमानी र धोका भएको उनको भनाइ छ ।

उनले भने, – ओली र प्रचण्डको नाटक र नौटङ्कीको प्रतिस्पर्धाले देशलाई दुर्घटना तर्फ धकेलिरहेको छ । सत्तारुढ दलले आफ्नै प्रम बिरुद्ध अविश्वास प्रस्ताव राख्छ, त्यसलाई छल्न प्रमद्वारा संसद विघटन गर्छ, मुद्दा विचाराधिन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन, तर्साउन करोडौ खर्च गरेर सडक प्रदर्शन भइरहेको छ । व्यवस्थापिका प्रमुखले कार्यपालिका र न्यायपालिका प्रमुख विरुद्ध अदालतमा मुद्दा हाल्ने अवस्था आएको छ ।

यी घटनाक्रमले ६२÷६३ पछीको मार्गचित्र असफल प्रमाणित गरेको थापाको दाबी छ । कुशासन, सर्वसत्तावाद, धर्मपरिवर्तन र लुटतन्त्र अहिले देशमा कायम भएको थापाले बताए ।

अहिले वर्षको ५ लाख भन्दा बढि पासपोर्ट बनाएर अरबको मरुभुमि जान बाध्य भएको उनको भनाइ छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares