काठमाडौं, माघ २६ । भारतको बिहार राज्यमा पर्ने चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ।
हत्यापछि उनको शव प्रहरीकै मिलेमतोमा जबर्जस्ती जलाइएको संकेत पाइएको बीबीसी हिन्दीले जनाएको छ।
बीबीसी हिन्दीका अनुसार प्रारम्भिक अनुसन्धान र भाइरल अडियोबाट घटनामा स्थानीय प्रहरी थानाकै थानाध्यक्षको मिलेमतो रहेको प्रमाण भेटिएको हो।