काठमाडौं , माघ २६। आज देशैभरी मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण देशैभरी बदली भएपछि अब वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
काठमाडौंमा पनि आज मौसम सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने छ ।
आज बिहान सूर्योदय ६ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५० मिनेटमा हुनेछ ।