Sunday, May 24
Shadow

मुख्य समाचार

आज देशभर बदली: वर्षाको सम्भावना , कुन ठाउँमा कस्तो ?

आज देशभर बदली: वर्षाको सम्भावना , कुन ठाउँमा कस्तो ?

मुख्य समाचार, मौसम
काठमाडौँ , चैत ७ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थान र प्रदेश २ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । यस्तै राति प्रदेश १ को पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ । यसैबिच देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।...
आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ७ । नेपाली काँग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस मनाइँदैछ । नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले आज विभिन्न कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाउन लागेको हो । कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो । भने राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला १९८१ सालमा भारतको टेडीमा उहाँको जन्म भएको थियो । नेपाली राजनीतिमा अतुलनिय योगदान दिनुभएको कोइराला पाँच पटक प्रधानमन्त्री बनिसक्नु भएको थियो । २०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उहाँको विशेष योगदान रहेको छ।...
करेन्ट लागेर बारामा एक युवकको मृत्यु

करेन्ट लागेर बारामा एक युवकको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बारा , चैत ७ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।५ बकुलियास्थित मकै बारीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । स्थानीय जयनारायण चौधरीका ३० वर्षिय छोरा उपदेश चौधरीको सरिरमा करेन्ट प्रवाह भएर घटनास्थल मैं मृत्यु भएको हो । बिहान करिब साँढे ६ बजेको समयमा शौच गर्नका लागि स्थानीय दिपनारायण चौधरीको मकैको खेतमा प्रवेश गर्ने क्रममा करेन्ट लागेको बताइएको छ । दिपनारायणले खेत नजिकै रहेको उनको आफ्नै घरबाट जिआई तारले खेतमा घेराबन्दी गरेर करेन्ट प्रवाह गरेका थिए । मकैको खेतमा जंङ्गली तथा घर पालुवा जनावर पस्ने गरेकोमा बाली सुरक्षा गर्ने उद्देश्यले जिआई तारले मकै बारी घेरेको दिपनारायणका परिवारले जनाएका छन् । यता करेन्ट लागेर मृत्यु भएको देखेर वडा नम्बर ५ का वडाध्यक्ष मोहित चौधरीले प्रहरीमा खबर गरेका थिए । नियम बिपरित दिपनारायणले खेतमा तारबार गरेर करेन्ट प्रवाह गरेको र सो बिषयमा...
सुत्केरीको रोदन : मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…

सुत्केरीको रोदन : मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…

मुख्य समाचार, विचार, समाचार, समाज
काठमाडौं, ६ चैत । १४ वर्षअघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जोकोहीको पनि मन अमिलो हुन्छ । अन्तर जातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए । ‘एक मुठी सास र एक थोपा रगत रहेसम्म तिमिलाई छाड्दिन’, देवकुमारले खाएको यो कसम विनिता झल्झली सम्झन्छिन् । भर्भराउदो ३१ वर्षे उमेरमा श्रीमती विनितालाई सुत्केरी भएकै बखत छाडेपछि पहिलेका वाचा कसम सबै झुठा ठहरिए । विगतमा उनका मिठामिठा सपनाले तानेर दुई जीवनलाई एक बनाएको थियो । काठमाडौंको काँडाघारीमा बस्ने देवकुमार २१ दिने सुत्केरी श्रीमती छाडेर फागुन २० देखि अलप भएपछि विनिताका भविष्यका सुन्दर सपना चकनाचुर बन्यो । उनी अहिले डेढ महिनाको सुत्केरी छिन् । ज्याला मजदूरी गर्नसक्ने अवस्थामा छै...
संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठक बहिस्कार गर्ने नेपाल पक्षको निर्णय

संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठक बहिस्कार गर्ने नेपाल पक्षको निर्णय

मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ६ । नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बोलाएको केन्द्रीय र स्थायी कमिटी बैठकमा नेपाल–खनाल समूह सहभागी नहुने निर्णयमा पुगेको हो । शुक्रबार बानेश्वरमा नेपाल समूहको बैठकले स्थायी कमिटी बैठकले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै सहभागी नहुने निर्णय गरेको हो । यसअघि पार्टीका बैठक संसदीय दलको कार्यालय सिंहदरबार वा संसद भवन नयाँ बानेश्वरमा बस्दै आइरहेको थियो । नेपाल पक्ष फागुन २८ गतेका निर्णय खारेज नगरेसम्म बैठकमा सहभागी नहुने निष्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाल पक्षलाई सार्वजनिक कार्यक्रममापर्ःत बैठकमा सहभागी हुन आग्रह गर्दै आइरहेका छन् ।...
चितवनमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

चितवनमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
चितवन , चैत ६ । चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।...
छोरी भएर बाँच्दा…

छोरी भएर बाँच्दा…

मुख्य समाचार, विचार, समाचार, समाज
विकास पुडासैनी , आमा छोरी भनेको केहो ? मैले बाल मनबाट सोधेको पहिलो प्रश्न यहि हो । उ जमानामा मैले बिध्यालयबाट क ख रा चिनि सकेपछि मेरो बाल मस्तिष्कमा बनेको आमा पछिको दोस्रो शब्द छोरी ।मेरो यो प्रश्नले आमालाइ पक्कै छोएछ म अहिले पनि सम्झन्छु उहाँको त्यो उत्तर,आफू नहासी नहासी अरुलाइ हसाउन सक्ने जात नै छोरी हो बा ! मैले केहि बुझिन साँच्चै भन्ने हो भने मलाइ हसाउनु भनेको केहो नै थाहा थिएन । आमा यत्ती भनेर आफ्नो काममा लाग्नु भयो मेरो हातमा खाजाको कचौरि थमाएर । कचौराको खाजालाइ मैले भन्दा धेरै मलाइ खायो त्यो उत्तरले । उमेरले छ पुगेकी मलाइ अब बिसौँ बर्षको बन्न बाध्य बनायो । पहिले त मलाइ हसाउनु शब्दको अर्थ जान्नु थियो अनि जान्नु थियो धेरै कुरा । अहिले सम्झिँदा पनि अचम्म लाग्छ आमाले दिएको त्यो उत्तर उहाँको दिमागमा कहाँबाट आयो । उमेर बढदै गयो समय परिबर्तन भयो मेरो कक्षा फेरियो तर मैले खोज्न थालेको त्...
नवलपुरको कावासोतीमा दुर्घटना, १ जानको मृत्यु

नवलपुरको कावासोतीमा दुर्घटना, १ जानको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । जङ्गलमा लु५८प ७०४८ नंको स्कुटर र चालक लडिरहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याएको थियो । जिल्ला अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकामा पुरनो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । रातको समयमा आफैँ अनियन्त्रित भएर दुर्घटना ...
इङल्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको रोमाञ्चक जित

इङल्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको रोमाञ्चक जित

खेलकुद, मुख्य समाचार
काठमाडौँ , चैत ६ । इङल्याण्डविरुद्धको टी-२० सिरिजको चौथो खेलमा भारत विजयी भएको छ । गएराती सम्पन्न खेलमा भारतले इङल्याण्डमाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको हो । यो जितपछि भारतले ४ खेलको सिरिज २-२ ले बराबरी गरेको छ । अब सिरिजको अन्तिम र निर्णायक खेल शनिबार हुदै छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघ पनि समातियो

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघ पनि समातियो

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बर्दिया, चैत ६ । बर्दियाको मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बेहोस बनाएर बिहीबार दिउँसो करिब १४ वर्ष उमेरको बयस्क भाले पाटेबाघलाई नियन्त्रणमा लिएको हो । मधुवन नगरपालिका–३ स्थित खाता जैविक मार्गको गौरी सामुदायिक वनमा डार्ट गरेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिएका छन् । यसअघि गएको बुधबार पनि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट एउटा नरभक्षी बाघ नियन्त्रणमा लिइएको थियो । एक साताअघि मधुवन नगरपालिका–३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले मारेपछि निकुञ्जले त्यस क्षेत्रमा आठ वटा क्यामेरा जडान गरेको थियो । बिहीबार नियन्...