Thursday, March 28
Shadow

करेन्ट लागेर बारामा एक युवकको मृत्यु


  • -इ
  • इ+

बारा , चैत ७ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।५ बकुलियास्थित मकै बारीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।

स्थानीय जयनारायण चौधरीका ३० वर्षिय छोरा उपदेश चौधरीको सरिरमा करेन्ट प्रवाह भएर घटनास्थल मैं मृत्यु भएको हो ।

बिहान करिब साँढे ६ बजेको समयमा शौच गर्नका लागि स्थानीय दिपनारायण चौधरीको मकैको खेतमा प्रवेश गर्ने क्रममा करेन्ट लागेको बताइएको छ ।

दिपनारायणले खेत नजिकै रहेको उनको आफ्नै घरबाट जिआई तारले खेतमा घेराबन्दी गरेर करेन्ट प्रवाह गरेका थिए ।

मकैको खेतमा जंङ्गली तथा घर पालुवा जनावर पस्ने गरेकोमा बाली सुरक्षा गर्ने उद्देश्यले जिआई तारले मकै बारी घेरेको दिपनारायणका परिवारले जनाएका छन् ।

यता करेन्ट लागेर मृत्यु भएको देखेर वडा नम्बर ५ का वडाध्यक्ष मोहित चौधरीले प्रहरीमा खबर गरेका थिए । नियम बिपरित दिपनारायणले खेतमा तारबार गरेर करेन्ट प्रवाह गरेको र सो बिषयमा आफुलाई केहि जानकारी नभएको वडाध्यक्ष चौधरीले बताए ।

यता गैर कानुनी रूपमा खेतमा तारबार गरेर करेन्ट प्रवाह गरेको अभियोगमा दिपनारायण चौधरीलाई आवश्यक कारावाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय , सिमराले जनाएको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares