Monday, May 18
Shadow

मुख्य समाचार

सपनाले भेटिन राष्ट्रपति: के बिषयमा भए छलफल?

सपनाले भेटिन राष्ट्रपति: के बिषयमा भए छलफल?

मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष १२ बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेपालमा महिला, बालबालिका तथा सडक बालबालिकाको अवस्था निकै नाजुक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी छिन् । उनले महिला राष्ट्रपति भएको देशमा नै यतिधेरै महिला र बालबालिकाले दुःख पाइरहेका भन्दै यसको समाधानका लागि आग्रह गरेकी हुन् । उनले आज राष्ट्रपतिलाई भेटेर सो आग्रह गरेकी हुन् । रोका मगर नेपालका बेवारिसे सवहरुको व्यवस्थापन गर्दै आएकी छिन् र सोही उल्लेखनीय कार्य बापत उनलाई बीबीसले सो सूचीमा राखेको हो ।उनको कार्यको उचित मूल्यांक गरेर राष्ट्रपतिले उनलाई भेट्न बोलाएकि थिइन् । राष्ट्रपतिसँग रोका मगरले बेवारिसे र बेसहाराहरुको उचित किसिमको व्यवस्थापनका साथै सरकारबाट मानवसेवाको लागि छुट्टाइएको बजेट सही ठाउँमा सदुपयोग गर्न पनि आग्रह गरेको बताइन् । महिल...
मल नपाएर हैरान हुनुहुन्छ? हेर्नुस,कहिले आइपुग्छ मल

मल नपाएर हैरान हुनुहुन्छ? हेर्नुस,कहिले आइपुग्छ मल

आर्थिक, मुख्य समाचार, समाज
काठमाण्डौं, पुष १२। बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच जीटुजी मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी ९प्रतितपत्र० खोल्ने काम शुरु भएको जनाएको छ । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ । नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरिद शुरु हुनेछ । “बङ्गलादेशमा गएर सम्झौता गरेपछि मल आउने ढुक्क भएको छ, हामी जतिसक्दो छिटो खरिद गर्ने तयारीमा छौँ, पुस अन्तिमसाता पहिलो लटको मल नेपाल ...
पछिल्लो २४ घण्टामा ४८१  संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४८१ संक्रमित थपिए

मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १२ पछिल्लो २४ घण्टामा नेपालमा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९ हजार ६५४ पुगेको छ । आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय २५ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको मन्त्रालयले जनाएको छ।...
नेकपा विवाद : धादिङका अध्यक्षद्वारा राजनीतिक सन्यासको घोषणा

नेकपा विवाद : धादिङका अध्यक्षद्वारा राजनीतिक सन्यासको घोषणा

मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौं, पुष १२ सत्तारुढ नेकपा विभाजन भएसँगै नेकपाका नेताहरु आफ्नो स्वार्थ हेरेर गुट परिवर्तन गर्ने खेल चलिरहेको छ । कतिपयले विरासत त्यागेर मन्त्री हुन राजी भएका छन् । तर पार्टीका इमान्दार नेता कार्यकर्तालाई भने नेकपा विभाजनले असाध्यै ठूलो चोट पुगेको छ । यही कुरा पुष्टि भएको छ धादिङमा । नेकपा धादिङका पुराना र स्वच्छ छविका मानिएका नेता नेत्र पौडेलले राजनीतिक सन्यासको घोषणा गरेका छन् । उनले पार्टी फुटपछि आइतबार एक स्टाटस मार्फत् जीवनको पीडादायी निर्णय लिएको स्पष्ट पारेका छन् । पार्टी विभाजनअघि नेकपा धादिङको अध्यक्ष रहेका पौडेललाई ओली समूहले केन्द्रीय समितिमा मनोनयन गरेको थियो । हेर्नुहोस् उनको राजनीतिक सन्यासको घोषणासँगै सार्वजनिक सन्देश- जीवनको पीडादायी निर्णय सुन्दर र पक्की घर निर्माण गर्ने दृढ अठोटका साथ धेरै नवजवानहरू वर्षौंदेखि अहोरात्र खटे । कसैले काठ काटे, कसैले ढुङ...
देश प्रधानमन्त्री र राष्ट्रपतिको निजी सम्पत्ति होइन – डा. गोविन्द केसी

देश प्रधानमन्त्री र राष्ट्रपतिको निजी सम्पत्ति होइन – डा. गोविन्द केसी

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाज
काठमाडौं, १२ पुस । डा. केसीको विज्ञप्ति : हालै प्रधानमन्त्री केपी ओलीले गरेको अवैध तथा अनधिकृत संसद विघटनको प्रयासप्रति हाम्रो घोर आपत्ति छ । विधिको शासन स्थापना गर्न लड्ने क्रममा हामीले लामो समयदेखि प्रधानमन्त्री ओलीको अधिनायकवादी प्रवृत्तिको विरोध गर्दै आएका छौं । उनी विचरण गर्ने वैकल्पिक यथार्थमा देशको संविधान उनकै स्वार्थका लागि बनेको हुनाले जुन दिन उनको स्वार्थमा आँच आउँछ, त्यही दिन संविधानको औचित्य सकिन्छ । तर हामी बाँचेको वास्तविक संसार र समाजमा संविधान सर्वोपरी छ । स्मरण रहोस् यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति हैन । यसै गरी कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्से हुन्छ । अहिलेको संविधान पनि सर्वसाधारणले रगत र पसिना बगाएर, प्राण अर्पेर ल्याएका हुन्, नेताहरुको च...
प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइयाे

प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइयाे

मुख्य समाचार, राजनिती
काठमाडौं, १२ पुस । प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइएको छ ।आज बसेको प्रदेश मन्त्रिपरिषद्‌को बैठकले बैठक बैठक बोलाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार आगामी माघ ७ गते हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।...
कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ११ । कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा एक जना पत्रकार पक्राउ परेका छन् । यो खबर जोर्डन हो । जोर्डनमा कोरोनाभाइरस खोप राज्यमा आएको र सरकारी अधिकारीहरूले उक्त खोप लगाइसकेको भनी भ्रामक समाचार लेखेको आरोपमा ती पत्रकारलाई पक्राउ गरिएको हो । “सरकारी अधिकारीहरूले कोरोनाभाइरस खोप लगाएको भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार जमाल हद्दादलाई अनलाइन पत्रिका अलवाकाइका सम्पादकलाई बिहीबार पक्राउ गर्ने आदेश दिइएको छ,” राज्य सुरक्षा अदालतका अभियोजनकर्ताहरूले बताएका छन् । एएफपीले पाएको जानकारीमा देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको सरकारी अधिकारीले बताएका छन् । मुद्दाको सुनुवाईका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ ।...
चिनियाँ उच्च प्रतिनिधि भोली काठमाडौं आउँदै

चिनियाँ उच्च प्रतिनिधि भोली काठमाडौं आउँदै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काटमाडौं , पुस ११ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे मौन बसेको उत्तरी छिमेकी चीनका उच्च अधिकारी आइतबार काठमाडौं आउने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आइतबार काठमाडौं आउन लागेको हो । नेकपा उच्च स्रोत भन्छ, ‘पार्टीमा आएको फुटबारे चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको छ । त्यही चिन्तासहित उपमन्त्री येचौकोको नेपाल भ्रमण हुन लागेको हो ।’ उपमन्त्री येचौकोले नेकपाका शीर्ष नेताहरुलाई नेताहरुलाई भेट्ने बताइएको छ । तर भ्रमणबारे नेकपा र काठमाडौंस्थित चिनियाँ दूताबासले थप बताएको छैन । यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन् । भेटहरुमा उनले पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने बढी चासो राखेकी थिइन् । तर चीनले चीनले संसद विघटन...
संचार मन्त्री पार्वत गुरुङले गरे नवराज बजगाईलाई पत्रकारिता सम्मान

संचार मन्त्री पार्वत गुरुङले गरे नवराज बजगाईलाई पत्रकारिता सम्मान

मुख्य समाचार, समाचार, समाज
महेन्द्र अधिकारी, ललितपुर, पुस ११ । नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमका प्रकाशक एवं प्रधान सम्पादक नवराज बजगाई लाई पत्रकारिता सम्मान’ बाट सम्मानित गरिएको छ । उनलाई ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ अन्तर्गग ‘यूवा पत्रकारिता सम्मान’ बाट सम्मानित गरिएको हो । संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यता , बरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुप प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर न।पा। का मेयर सन्तोष चालिसे र राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईलाको हात बाट बजगाईलाई सम्मानित गरिएको हो । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनका साथै नेपाली कला क्षेत्रको विकासमा योगदान गरेको भन्दै यो सम्मान प्रदान गरिएको आयोजक टिमका अध्यक्ष माधवराज खरेलले जानकारी दिनु भयो । ...
नागरिक आन्दोलनको प्रश्न, ‘ओली ज्यू, संवृद्धिको यात्रा कि गाइजात्रा ?’

नागरिक आन्दोलनको प्रश्न, ‘ओली ज्यू, संवृद्धिको यात्रा कि गाइजात्रा ?’

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, पुष ११ प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । संसद विघटनलाई प्रतिगामी कदमको संज्ञा दिँदै आन्दोलनले मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनमा लेखक, पूर्व सम्पादक, साहित्यकार, रंगकर्मी, सामाजिक अभियन्तालगायत उपस्थित थिए । युग पाठक, मोहना अन्सारी, नारायण वाग्लेलगायतका वक्ताले संविधानमा व्यवस्था नभएको कुन अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभयो भन्ने प्रश्न गरेका छन् । संवृद्धिको यात्राको लागि गठन भएको सरकारले गाइजात्रा देखाएको भन्दै प्रदर्शनकारीले व्यङ्ग्य पनि गरेका छन् । प्रधानमन्त्री ओलीको कदमले प्रतिगामीलाई फाइदा पुगेकाले संसद उहाँको लोकतन्त्रमाथिको सोचाइमाथि नै प्रश्न उठेको वक्ताहरुको भनाइ छ । सरकारको कदमविरुद्ध आन्दोलन जारी राख्ने वृहत नागरिक आन्दोलनले जनाएको छ।...