Wednesday, May 1
Shadow

नेकपा विवाद : धादिङका अध्यक्षद्वारा राजनीतिक सन्यासको घोषणा


  • -इ
  • इ+


काठमाण्डौं, पुष १२
सत्तारुढ नेकपा विभाजन भएसँगै नेकपाका नेताहरु आफ्नो स्वार्थ हेरेर गुट परिवर्तन गर्ने खेल चलिरहेको छ । कतिपयले विरासत त्यागेर मन्त्री हुन राजी भएका छन् । तर पार्टीका इमान्दार नेता कार्यकर्तालाई भने नेकपा विभाजनले असाध्यै ठूलो चोट पुगेको छ । यही कुरा पुष्टि भएको छ धादिङमा ।

नेकपा धादिङका पुराना र स्वच्छ छविका मानिएका नेता नेत्र पौडेलले राजनीतिक सन्यासको घोषणा गरेका छन् । उनले पार्टी फुटपछि आइतबार एक स्टाटस मार्फत् जीवनको पीडादायी निर्णय लिएको स्पष्ट पारेका छन् ।

पार्टी विभाजनअघि नेकपा धादिङको अध्यक्ष रहेका पौडेललाई ओली समूहले केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।

हेर्नुहोस् उनको राजनीतिक सन्यासको घोषणासँगै सार्वजनिक सन्देश-

जीवनको पीडादायी निर्णय
सुन्दर र पक्की घर निर्माण गर्ने दृढ अठोटका साथ धेरै नवजवानहरू वर्षौंदेखि अहोरात्र खटे । कसैले काठ काटे, कसैले ढुङ्गा जुटाए, कसैले इट्टा बनाए, कसैले रड सिमेन्टको जोहो गरे । कतिले कर्मी कामको तालिम लिए, कतिले सेनिटरी सामान ल्याए ।

सबै सामान एक ठाउँमा जम्मा भयो । प्राविधिक ईस्टमेट गरियो । सबै सामानबाट एउटै घर बनाए कम्पाउण्ड वालसहित सुरक्षित र बलियो घर बन्ने तर धेरै घर बनाउन खोजे सबै अधुरो हुने निष्कर्ष आयो ।

सबै सामग्री एउटै घरको लागि लगाउने निर्णय भयो । सोचे जस्तै कम्पाउण्ड वालसहितको घर निर्माण भयो । सबै अगुवाहरूले आ-आफ्नो कोठा लिए । श्रमिकहरूको थाक थलोको टुंगो लाग्दै थियो । कोठा रोजी सकेकाले एक अर्काको कोठा हेरे आफ्नो भन्दा तिम्रो राम्रो र सुविधा सम्पन्न रेछ साटफेर गर्नु पर्‍यो भन्ने विवाद शुरू भयो ।

सबै आ-आफ्ना अडानमा डग्मगाएनन् । सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मुलाहिजा जगको ढुङ्गा निकाले । हेर्दा हेर्दै घर गर्लम्म ढल्यो ।

अब फेरी नयाँ अलग अलग घर बनाउन लडेका घरका काम लाग्ने सामान कसकसले जम्मा गरेको हो आआफ्नो पट्टी थूप्रो लगाउने होड शुरू भएको छ । त्यो तानातानमा अझै कति सामान नस्ट हुने हुन कुनै ठेगान छैन । मन दुखेको छ , अहिलेसम्मको दुःख समाप्त भएको छ । फेरी अर्कों घर निर्माण गर्न मनले कत्ति पनि मानी रहेको छैन ।

घर नबनाए ओडारको बास हुने कुरा राम्ररी बुझेको छु । तर मन बरू त्यसै गर्न घर लडेकै दिनदेखि तयार थियो । आजसम्म मनलाई अन्तिम निर्णय लिने मौका दिएँ । अन्तिम पटक पनि मनले भन्यो बरू ओडारमा बस । फेरी पनि गल सुरक्षित छन् तेरो श्रमको सुरक्षित हुने कुनै ज्ञारेन्टी छैन । जब मन नै अगाडि लाग्दैन भने तनमात्र लिएर हिडनु मन हुनेका लागि पनि घातक हुन्छ ।

नयाँ घर बनाउने जिम्मा नयाँ पुस्ताको काँधमा छाड्दै यो अभियानबाट अलग रहने निर्णय गरेँ । आफ्ना सहयात्रीहरूसँग नाई /हुन्न भन्न नसक्ने कमजोरीका कारण केही समय सम्पर्क बाहिर हुनेछु । यस विषयमा सम्मझाउने कुरा गरेर समयको बर्बादी नगरी आ-आफ्नो योजनामा लाग्नु होला ।

राजनीतिक सहयात्राको दौरान साथ सहयोग गर्नु हुने सबैप्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने नै छ । यस निर्णयले कसैको भावनामा चोट पुगेमा क्षमा प्रार्थी छु ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares