Thursday, May 21
Shadow

मुख्य समाचार

चीनमा कोरोनाको समाचार लेख्ने पत्रकार लाई चार वर्ष जेल

चीनमा कोरोनाको समाचार लेख्ने पत्रकार लाई चार वर्ष जेल

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाण्डौँ, पुष १३। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबारे थुप्रै तथ्य सार्वजनिक गर्ने एकजना ‘सिटजन जर्नालिस्ट’लाई चिनियाँ सरकारले चार वर्ष जेल सजायँ सुनाएको छ। झाङ झान नामकी उनी पत्रकारका साथै वकिल पनि हुन्। उनलाई ‘झगडा गर्ने’ र ‘समस्या उक्साउने’ आरोप लगाइएको छ। यसअघि मे महिनामा उनलाई प्रहरीले हिरासतमा लिएको थियो, उनले यसविरुद्ध भोकहड्ताल गरेकी थिइन्। झाङका वकिलका अनुसार उनको स्वास्थ्यस्थिति खराब छ। झाङले कोरोना भाइरसबारे जब लेख्न थालिन् तब उनी संकटमा परेकी हुन्। चीनमा कोरोनाका विषयमा सरकारले लिएको नीतिमाथि प्रश्न गर्नेमाथि कारवाही हुँदै आएको छ। झाङ सोमबार आफ्नो वकिलसँगै सांघाई अदालत पुगेकी छन्। अभियोग अनुसार उनी फेब्रुअरीमा कोरोनाको स्वतन्त्र रिपार्ट गर्न वुहान पुगेकी थिइन्। उनले वुहानबाट थुप्रै भिडियो र रिपोर्ट सार्वजनिक गरेकी थिइन्। ती रिपोर्ट तथा भिडियोहरु सोसल मिडियाम...
बढ्यो सुनको मुल्य

बढ्यो सुनको मुल्य

आर्थिक, मुख्य समाचार, समाचार
काठमाण्डौं, पुष १३ स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । शुक्रबार र आइतबार  स्थिर रहेको सुनको धातुको मूल्यमा आज एकैपटक वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९४ हजार २ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै, आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९४ हजार ४ सयमा कारोवार भएको छ ।  ...
महिला कर्मचारिलाई सेवाग्राहीले समेत फरक छुट्टाउछन: उपाध्यक्ष आचार्य

महिला कर्मचारिलाई सेवाग्राहीले समेत फरक छुट्टाउछन: उपाध्यक्ष आचार्य

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
  काठमाण्डौँ, पुष १३। २०७२ सालमा जारी भएको संविधान अनुसार मुलुकभर महिलाको सहभागिता बढेको छ। संविधानले हरेक स्थानीय तहमा प्रमुख, उपप्रमुख मध्ये एक महिला अनिवार्य गरेको थियो। त्यसपछि महिला सहभागिता बढ्यो तर प्रमुख पदमा भन्दा उपप्रमुख पदमा नै महिलाको सहभागिता बढी देखियो। यद्यपि संविधानले ताकेता गरेअनुसार अधिकार पाउन नसकेको कतिपय महिला जनप्रतिनिधिको गुनासो आइरहेको बेलामा नुवाकोट दुप्चेश्वर गाँउपलिकाकी उपाध्यक्ष अन्जु आचार्य भने महिलाले पद पाइएन भन्ने गुनासो गर्नु भन्दा यसलाई आफ्नो क्षमता देखाउने अवसरको रुपमा प्रयोग गर्नु पर्ने बताउँछिन्। संविधानले महिला अनिवार्य नगरेको भए महिलाको सहभागिता तुलनात्मक हिसाबमा निकै कम हुने भन्दै उनले भनिन्, ‘संविधानले महिला अनिवार्य भन्नुभन्दा अगाडि महिला सहभागिता नगराउन त भनेको थिएन तर महिलाले अवसर पाउन कठिन थियो।’ उनले थपिन, ‘पद तल्लो माथ...
मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प छैन: नेता भुसाल

मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प छैन: नेता भुसाल

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १३ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नेपाल-दाहाल समुहका स्थायी समितिका सदस्य सदस्य घनश्याम भुसालले मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प नभएको बताएका छन् । भुसालले गृहजिल्ला रूपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे  मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प नभएको बताएका हुन। संसद् पुनर्स्थापनाबाहेक अन्य कुनै बाटोले मुलुकलाई अगाडि लैजान नसक्ने दाबी गरेका भुसालले जनताले अब संसद् पुनर्स्थापना रोज्ने कि मुलुक र विधिको शासनको बाटो रोज्ने बेला आएको समेत बताए। पार्टी बिभाजन पछी समान रहेका नेकपाका २ पार्टीले विभिन्न स्थानमा कार्यकता भेला गर्दै अाएका छन।...
वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

आर्थिक, टिप्स, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १३ वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ । प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ । आज माग गरिएका कर्मचारीहरु वाग्मती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ । वाग्मती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।...
मर्मतका लागि एक साता केबुलकार बन्द हुने

मर्मतका लागि एक साता केबुलकार बन्द हुने

मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाडौँ , पुस १३ मनकामना केबुलकार सेवा  बन्द हुने भएको  छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको  हो । यही पुस १४ गतेदेखि एक सातासम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै ९ महिना बन्द रहेको केबुलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनको भनाई छ । The web is not It should also be guaranteed that your research paper does not include any spelling errors because these errors may be perceived by If you can't find a discount at a local paper business or wholesaler, you always have the option to visit online auction https://www.affordable-paper...
सरकारले निजी अस्पताललाई कोरोनाको सूचीबाट हटायो

सरकारले निजी अस्पताललाई कोरोनाको सूचीबाट हटायो

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, पुस १३। सरकारले कोरोना बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कारोनाको उपचार हुने छ । समाचारअनुसार ‘हाललाई सरकारी अस्पतालमै कोरोना बिरामीका लागि जनरल बेड, आईसीयू र भेन्टिलेटर पर्याप्त उपलब्ध रहेकाले थप आवश्यक नभएसम्म निजी अस्पतालबाट दिइने निःशुल्क कोभिड उपचार परीक्षण सेवा स्थगन गरिएको छ, ’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । उनका अनुसार आगामी दिनमा आवश्यक देखिए पुनः निजी अस्पतालहरूलाई निःशुल्क कोरोना उपचार केन्द्रका रूपमा परिणत गर्न सकिनेछ । स्वास्थ्य मन्त्रालयले आइतबार १२ बजेसम्म कोभिडमा सूचीकृत निजी अस्पतालहरूमा भर्ना भएर १० दिनसम्म उपचार गराउने संक्रमितहरूक...
कोरोनाबाट विदेशमा ३ सय १२ नेपालीहरुको मृत्यु , यस्तो छ पछिल्लो विवरण

कोरोनाबाट विदेशमा ३ सय १२ नेपालीहरुको मृत्यु , यस्तो छ पछिल्लो विवरण

मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ, पुस १३ । पछिल्लो समय विदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुने नेपालीको संख्या बढेको पाइएको छ । गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार विदेशमा कोरोना संक्रमित मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली संक्रमण मुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा।सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति नभएको बताए । उनका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । कोरोना भाइरसका कारण नेपालमा एक एक हजार ८ सय १९ जनाको निधन भएको छ भने विदेशमा २१ देशमा ३ सय १२ जना नेपालीको कोरोना स...
जनकपुर–जयनगर रेल माघभित्र सञ्चालनमा आउने

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालनमा आउने

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस १३ । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एकरदुई साताको तालीम आवश्यकपर्ने उनले जानकारी दिए। उनले भने, “त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।” भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देशक भट्टराईले बताए । उनका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उनको भनाइ छ । कम्प्युटरबाट नियन्त...
कुन ठाउँको मौसम कस्तो ?  यस्तो छ तीन दिनको पूर्वानुमान

कुन ठाउँको मौसम कस्तो ? यस्तो छ तीन दिनको पूर्वानुमान

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
    काठमाडौं , पुस १३ । अहिले बागमती र गण्डकी प्रदेशको हिमाली भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १३ गते (सोमबार) दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष १४ गते (मंगलबार) दिउँसो : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : कर्णाली प्रदेश र सुदुरपश्चिम...