Monday, May 18
Shadow

मुख्य समाचार

पछिल्लो २४ घण्टामा ५०० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५०० संक्रमित थपिए

मुख्य समाचार, स्वास्थ्य
काठमाडौँ, पुष ११ पछिल्लो २४ घण्टामा नेपालमा ५ सय जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ४३४ जनाको पिसिआर परीक्षण गर्दा ५ सय जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५ हजार ८२६ पुगेको छ। शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ८४० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको मन्त्रालयले जनाएको छ।...
हिन्दु राज्य र राजसंस्था माग गर्दै काठमाडौंमा राप्रपाले मोटरसाइकल र्‍याली गर्दै

हिन्दु राज्य र राजसंस्था माग गर्दै काठमाडौंमा राप्रपाले मोटरसाइकल र्‍याली गर्दै

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संसद विघटनविरुद्ध बृहत मोटरसाइकल र्‍याली गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक रुपमा संसद विटन गरेसँगै देश अस्थिरतामा जाने खतरा बढेको र मुलुमा स्थिरताका लागि हिन्दु राज्य र राजसंस्था आवश्यक रहेको भन्दै राप्रपा आन्दोलित बनेको हो । आज बिहान ११स्३० बजे बबरमहलबाट सुरु हुने मोटरसाइकल र्‍याली त्रिपुरेश्वर(न्यूरोड हुँदै दरबार मार्गस्थित राजा महेन्द्रको शालिकमा पुगेर कोणसभामा परिणत हुने छ। कोणसभालाई राप्रपाका अध्यक्षहरू कमल थापा, पशुपतिशमशेर राणा तथा प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा केन्द्रीय सदस्य गोपाल पौडेलले बताए। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको संयोजकत्वमा र्‍याली हुन लागेको हो। फाइल तस्बिर।...
बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्री मृत्यु , ट्राफिक प्रहरी घाइते

बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्री मृत्यु , ट्राफिक प्रहरी घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस ११ । बल्खुमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने प्रहरी जवान घाइते भएका छन् । गएराति ट्राफिक जाँचका क्रममा भ्यान भाग्न खोज्दा बल्खु चोकमा दुर्घटना भएको हो । भ्यानको ठक्करबाट पैदलयात्री काठमाण्डौको कीर्तिपुर बस्ने गोरखाका ५४ वर्षका काले आलेमगरको उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । बा १६ च २९१५ नम्बरको भ्यानले ट्राफिक जाँचमा रहेका ट्राफिक जवानलाई ठक्कर दिएर भाग्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिन पुगेको थियो । भ्यानको ठक्करबाट बल्खुमा कार्यरत प्रहरी जवान २३ वर्षका मानबहादुर साउद घाइते भएका छन्। उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ । फरार भ्यान चालकको खोजी भइरहेको छ ।  ...
नेकपामा विभाजनको असर प्रदेशमा  पनि देखिन थाल्यो, जता कांग्रेस , त्यतै प्रदेश

नेकपामा विभाजनको असर प्रदेशमा पनि देखिन थाल्यो, जता कांग्रेस , त्यतै प्रदेश

मुख्य समाचार, राजनिती
  काठमाडौं, पुस ११ संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ।नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ।कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ। प्रदेश १ मा अहिलेको समीकरणअनुसार दाहाल–नेपाल पक्ष एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ। त्यो अवस्थामा सरकार परिवर्तन हुनेछ। बागमती प्रदेशमा त अविश्वासको प्रस्ताव नै दर्ता भएको छ। यहाँ कांग्रेसको साथ जसलाई हुन्छ उसले नै सरकार बनाउनेछ। गण्डकी र लुम्बिनीमा ओली पक्ष, कर्णाली र सुदूरपश्चिममा दाहाल–नेपाल पक्ष बलियो देखिए पनि अन्य राजनीतिक दलको साथबिना सरकार टिकाउन र नयाँ बनाउन गाह्रो देखिन्छ। प्रदेश २ मा भने नेकपा प्रतिपक्षमा रहेका कारण त्यहाँ सरकार फेरबदल हुने देखिएको छैन। बागमतीमा मुख्यमन्त्रीविरुद्ध ...
काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम,   १.३ डिग्रीमा झर्‍यो

काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम, १.३ डिग्रीमा झर्‍यो

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस ११ । काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै निकै कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको छ । यसअघि पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री थियो । मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुँदै बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शाक्यले जानकारी दिइन् । यस्तै राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर बाँकी भू(भागमा मौसम आंशिक बदली रहनेछ । ​...
कोरोना प्रकोपः विश्वभर ८ करोड जनामा संक्रमण, ५ करोड ६४ लाख निको भए

कोरोना प्रकोपः विश्वभर ८ करोड जनामा संक्रमण, ५ करोड ६४ लाख निको भए

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, पुस ११ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ८ करोड १ लाख ९४ हजार नाघेको छ । चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुकमा पुगेको छ । यस अवधिमा विश्वभर १७ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । बितेको २४ घण्टामा ८ हजार ३७४ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९४७ पुगेको छ । यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ६० हजार २३० पुगेको हो । हाल विश्वमा २ करोड १९ लाख ७६ हजार ८५६ ...
मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा आज पनि हुस्सु

मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा आज पनि हुस्सु

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, पुस ११ । मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसममा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । आजै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । चिसो रहिरहने भएकाले तराई र पहाडी भू(भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।...
आगामी सातादेखि हङकङ नियमित उड्दै नेपाल एयरलाइन्स

आगामी सातादेखि हङकङ नियमित उड्दै नेपाल एयरलाइन्स

मुख्य समाचार, समाचार
काठमाडौं , पुस १० । आगामी सोमबारदेखि नेपाल एयरलाइन्सको काठमाडौं-हङकङ-काठमाडौं नियमित उडान हुने भएको छ । गत सोमबार उडेका यात्रुमध्ये एकजनाको मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएपछि निगमले हङकङ नियमित उडान गर्न पाएको हो । निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले हङकङ उडानका लागि ४८ घण्टाको पीसीआर रिपोर्टलाई मान्यता दिएका थिए । ४८ घण्टाभित्रको रिपोर्ट भएका यात्रुलाई मात्रै उडाउने व्यवस्था गरेपछि निगमलाई हङकङ नियमित उडान गर्न राहत पुगेको हो । यसअघि ७२ घण्टाभित्रको पीसीआर रिपोर्टका आधारमा हङकङ उडान गरेका पाँचभन्दा बढी यात्रुमा कोरोना पोजेटिभ देखिएपछि पटक(पटक गरी चारपटक निगम हङकङको कारबाहीमा पर्दै आएको थियो । गत सोमबार हङकङ उडेका यात्रुमध्ये एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएपछि आगामी साता पनि निमगले उडान गर्न पाउने भएको हो । हङकङले एउटै उडान वा पटक-पटकको उडान गरी पाँच यात्रुमा कोरोना पोजेटिभ...
काठमाडौँबाट विप्लवका तीनजना कार्यकर्ता पक्राउ

काठमाडौँबाट विप्लवका तीनजना कार्यकर्ता पक्राउ

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १० । काठमाडौँ उपत्यकाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता शुक्रबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–४ का ४३ वर्षीय पुर्णबहादुर श्रेष्ठ, ओखलढुंगाको चम्पादेवी–१० का ४१ वर्षीय नारनबहादुर तोलाङगी र दोलखाको भिमेश्वर–६ का ३५ वर्षीय सरोजप्रसाद न्यौपाने छन्। चन्दा असुलीको आरोपमा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।...
राज्यमन्त्री मानन्धरले बनाए गीत गायर गायनमा विश्व कीर्तिमान

राज्यमन्त्री मानन्धरले बनाए गीत गायर गायनमा विश्व कीर्तिमान

मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस १० । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाएका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन् । यस अघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको कीर्तिमान बनेको थिएन । कीर्तिमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाएका थिए । बालाजुस्थित आफ्नै लगानीको अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाएका थिए । राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीत गाएका थिए । उनले नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, ता...