Friday, April 26
Shadow

कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ


  • -इ
  • इ+

काठमाडौं, पुस ११ । कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा एक जना पत्रकार पक्राउ परेका छन् । यो खबर जोर्डन हो ।
जोर्डनमा कोरोनाभाइरस खोप राज्यमा आएको र सरकारी अधिकारीहरूले उक्त खोप लगाइसकेको भनी भ्रामक समाचार लेखेको आरोपमा ती पत्रकारलाई पक्राउ गरिएको हो ।

“सरकारी अधिकारीहरूले कोरोनाभाइरस खोप लगाएको भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार जमाल हद्दादलाई अनलाइन पत्रिका अलवाकाइका सम्पादकलाई बिहीबार पक्राउ गर्ने आदेश दिइएको छ,” राज्य सुरक्षा अदालतका अभियोजनकर्ताहरूले बताएका छन् ।

एएफपीले पाएको जानकारीमा देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको सरकारी अधिकारीले बताएका छन् ।

मुद्दाको सुनुवाईका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares