Friday, April 19
Shadow

संचार मन्त्री पार्वत गुरुङले गरे नवराज बजगाईलाई पत्रकारिता सम्मान


  • -इ
  • इ+

महेन्द्र अधिकारी, ललितपुर, पुस ११ । नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमका प्रकाशक एवं प्रधान सम्पादक नवराज बजगाई लाई पत्रकारिता सम्मान’ बाट सम्मानित गरिएको छ । उनलाई ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ अन्तर्गग ‘यूवा पत्रकारिता सम्मान’ बाट सम्मानित गरिएको हो ।

संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यता , बरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुप प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर न।पा। का मेयर सन्तोष चालिसे र राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईलाको हात बाट बजगाईलाई सम्मानित गरिएको हो ।

नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनका साथै नेपाली कला क्षेत्रको विकासमा योगदान गरेको भन्दै यो सम्मान प्रदान गरिएको आयोजक टिमका अध्यक्ष माधवराज खरेलले जानकारी दिनु भयो ।

कार्यक्रममा अछाम रामारोशन गा।पा। की उपाध्यक्ष सरस्वती रावल, ओम समाज डेन्टल अस्पतालका डा। सुवास घिमिरे, सान्ताज व्यूटि पार्लरकी शान्ता थापा, सर्वाङ अस्पतालका शुशिल खनाल, गीतकार एवं पत्रकार शान्तिप्रिय, पत्रकार विजय रत्न तुलाधर, नायक श्रीदेव भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

पावर ईन्टरनेशनल मिडियाको प्रस्तुती नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्डमा नेपाली सांगीतिक ईतिहासमा सवै भन्दा धेरै भाषा भाषीका कलाकारहरुको सहभागितामा हरेक बर्ष सम्पन्न हुने यो यो तेश्रो संस्करणको कार्यक्रम हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares