Thursday, April 18
Shadow

नागरिक आन्दोलनको प्रश्न, ‘ओली ज्यू, संवृद्धिको यात्रा कि गाइजात्रा ?’


  • -इ
  • इ+


काठमाडौँ, पुष ११
प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

संसद विघटनलाई प्रतिगामी कदमको संज्ञा दिँदै आन्दोलनले मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनमा लेखक, पूर्व सम्पादक, साहित्यकार, रंगकर्मी, सामाजिक अभियन्तालगायत उपस्थित थिए ।

युग पाठक, मोहना अन्सारी, नारायण वाग्लेलगायतका वक्ताले संविधानमा व्यवस्था नभएको कुन अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभयो भन्ने प्रश्न गरेका छन् । संवृद्धिको यात्राको लागि गठन भएको सरकारले गाइजात्रा देखाएको भन्दै प्रदर्शनकारीले व्यङ्ग्य पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीको कदमले प्रतिगामीलाई फाइदा पुगेकाले संसद उहाँको लोकतन्त्रमाथिको सोचाइमाथि नै प्रश्न उठेको वक्ताहरुको भनाइ छ । सरकारको कदमविरुद्ध आन्दोलन जारी राख्ने वृहत नागरिक आन्दोलनले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares