Thursday, May 21
Shadow

ब्यानर समाचार

कार्यालय परिसर सफा नराख्नेलाई कारबाही गर्छौँ : काठमाडौं महानगर

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतमा रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ गर्न महानगरले निर्देशन दिएको हो । सबै सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर ३५ दिनभित्र आफैँ व्यवस्थापन नगरे प्रचलित कानुन बमोजिम दण्ड जरिबाना गर्ने  महानगरको चेतावनी छ ।     ...
मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन दियो धम्की

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन दियो धम्की

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ । मेटाले नयाँ कानुनप्रति आपत्ति जनाएको छ, जसले समाचार संस्थाहरूलाई फेसबुकमा सेयर गरिएको सामग्रीको लागि शुल्क लिनेसम्बन्धी विषयमा वार्ता गर्न थप शक्ति दिनेछ । तिनीहरूको प्लेटफर्मले संघर्षरत समाचार आउटलेटहरूमा बढ्दो गतिविधिलाई सहयोग गर्ने मेटाको दाबी छ । ‘फेसबुकले प्रकाशकहरुको बटम लाइनलाई फाइदा गर्ने भएकाले’ आफ्ना सामग्री फेसबुकमा राख्ने गरेको मेटाले जनाएको छ । पत्रकारिता प्रतिस्पर्धा र संरक्षण ऐन ९जीसीपीए० भनेर चिनिने यो विद्येयक मिनेसोटाका सिनेटर एमी क्लोबुचरले कंग्रेसमा पेस गरेका थिए र यसमा द्विपक्षीय समर्थन छ । यसले प्रकाशक र प्रसारकहरूलाई विज्ञापन राजस्वको ठूलो हिस्साको लागि सामाजिक मिडिया कम्पनीहरूसँग सामूहिक रूपमा बार्गेनिङ गर्न ठूलो शक्ति दिनेछ ।...
अत्यधिक अम्लियनपनको मात्रा उत्पादनमा समस्या

अत्यधिक अम्लियनपनको मात्रा उत्पादनमा समस्या

कृर्षि, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
झापाको दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ । नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताउनुभयो । उहाँका अनुसार यसलाई नियन्त्रणका लागि कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ । शिविरमा जाँच गरिएको एक सय ५४ किसानको जमिनमा सबैजसोमा समस्या देखिएको थियो । शाखा प्रमुख भट्टराईले नगरपालिकाले निःशुल्करूपमा कृषि चुनको वितरण गर्ने गरेको बताउनुभयो । दमक नगरपालिकाले माटो परीक्षण गराउन चहाने कृषकका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्ने गरेको छ । माटोको गुणस्तर सुधार र उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले जानकारी गराउनुभयो । उहाँले माटोको गुणस्तर सुधार कृषकलाई उन्नत बीउबिजन उत्पादनका लगि सहयोग गरिरहेक...
रामोसको ह्याट्रिकमा पोर्चुगल क्वाटरफाइनलमा

रामोसको ह्याट्रिकमा पोर्चुगल क्वाटरफाइनलमा

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । स्वीट्जरल्याण्डका लागि ५८औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । ...
कुन्चिप्वाकल माबी मा उपप्रमुख सिर्जना बुर्लाकोटी द्वारा आकस्मिक निरिक्षण

कुन्चिप्वाकल माबी मा उपप्रमुख सिर्जना बुर्लाकोटी द्वारा आकस्मिक निरिक्षण

ब्यानर समाचार, ब्यानर समाचार 2, शिक्षा, समाचार
काठमाडौ २०७९ मंसिर १९ गते तारकेश्वर नगरपालिकाको उप प्रमुख सृजना बुर्लाकोटिले तारकेश्वर - १ मा अबस्थित कुन्चिप्वाकल माबी को आकस्मिक अनुगमन गर्नुभएको थियो । उक्त अनुगमनका क्रममा नर्सरी देखि दसौं कक्षाका विद्यार्थीसँग शिक्षकले पढाइरहेको अबस्थामा विद्यार्थीहरु संग पढाइको अवस्थाको बारेमा विद्यार्थी संग सोधपुछ गरेको समस्याको बारेमा जानकारी लिएको र शिक्षक संग पनि पढाई मा केही समस्या छ कि ! प्रशासनले गर्नु पर्ने सहयोगमा कमि छ कि ! भन्ने जानकारी लिनुभएको थियोे । । विद्यार्थी हरु पनि संतुष्ट र शिक्षक हरु पनि संतुष्ट नै भएको उपप्रमुखले हाम्रो अन्लाईन कर्मिलाइ जानकारी गराउनुभयो । उपप्रमुख बुर्लाकोटिले बिद्यालयमा रहेको बिज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको पनि निरीक्षण गर्नुभएको थियो । निरीक्षण भैरहदा कुन्चिप्वाकल माबी का प्रअ राजु नेपाल आफैले उपप्रमुख लाई अबलोकनमा सहयोग गर्नु भएको थि...
जाडोमा ब्रोकली खाँदा फाईदै फाईदा :

जाडोमा ब्रोकली खाँदा फाईदै फाईदा :

टिप्स, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
धेरैले यसलाई हरियो काउली समेत भन्छन् ।  ब्रोकली शरीरका लागि निकै फाइदाजनक हुन्छ । जाडो याममा बजारमा ब्रोकली धेरै मात्रामा पाइन्छ । जाडोमा ब्रोकली खाँदा शरीरलाई मिल्छ यी फाइदा : ब्रोकलीमा आइरन, फाइबर, पोटासियम प्रचुर मात्रामा पाइन्छ । यससमा सोडियम र भिटामिन सी आदि पाइन्छ ।  ब्रोकलीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली खाँदा कलेजोसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ ।  यसको सेवनले हड्डी मजबुत हुनुका साथै हड्डीसँग सम्बन्धित समस्या पनि हट्छ । ब्रोकलीमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ । ब्रोकलीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले शरीरमा मौसमी रोगको जोखिम हुँदैन । ब्रोकलीले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसले प...
जुम्लामा १० जना उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

जुम्लामा १० जना उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले निर्वाचनमा गरेको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउन थालेका छन् । एक सङ्घीयसभा सदस्य निर्वाचन क्षेत्र र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा जम्मा १३ जना उम्मेदवारमध्ये १० जनाले निर्वाचन खर्चको विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी अभिनन्द्र चौलागाईंले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा कुँवर (गौतम), राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) नेमकिपाका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानबहादुरले रु १३ लाख तीन सय, डिल्लीप्रसाद काफ्लेले रु चार लाख ३८ हजार, गोमा कुँवर ...
कांग्रेस संसदीय दलको अंकगणित : कस्को पक्षमा कति सांसद ?

कांग्रेस संसदीय दलको अंकगणित : कस्को पक्षमा कति सांसद ?

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
आमनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसंगै नेपाली कांग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने चासो बढेको छ । संसदको सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्रीका रुपमा हेर्ने गरिन्छ । यति मात्र नभएर संसदीय दलको निर्वाचनमा प्रतिष्पर्धा गर्ने व्यक्तिलाई वैकल्पिक नेताका रुपमा समेत हेरिने भएकाले पनि संसदीय दलको निर्वाचनको चर्चा बढेको छ । अहिलेसम्म कांग्रेसमा प्रधानमन्त्रीका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, १४ औं महाधिवेशनमा सभापति प्रतिष्पर्धी डा. शेखर कोइराला, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री शशांक कोइरालाले दावी गरेका छन् । प्रधानमन्त्रीमा दावी गर्ने नेताहरुमध्ये सवैभन्दा बढी सांसद सभापति देउवाको पक्षमा देखिएका छन् । देउवाको पक्षमा ५१ जना सांसद हुने देखिएको छ । यस्तै डा. शेखरको पक्षमा २१, वरिष्ठ नेता पौडेलको पक्षमा आठ जना सांसद देखिए...

WWA 10 th International Conference Accomplished in Kathmandu, Nepal

ब्यानर समाचार, ब्यानर समाचार 2, शिक्षा, समाचार
Recently, World Without Anger (WWA) and Global Peace Foundation (GPF) have jointly held the 10th International Conference on "Emotional Intelligence and Management of Human Resources, Information Technology, Cooperatives, and Positive Mental Health for World Peace in the Pandemic-affected Era" at Kathmandu Business Campus, Banasthali, Kathmandu on 5-6, November, 2022.  On the inaugural ceremony which was chaired by Dr. Dess Mardan Basnet, President, WWA and Er. Ram Rohan Pant, President, GPA Nepal. Prof. Dr. Shilu Manandhar Bajracharya, Vice-Chancellor, Nepal Open University was the Chief Guest of the 10th International Conference. Dr. Ashis Sen, Adjunct Professor HRM and OB, IIM Nagpur, India, Special Guest of the 10th WWA international Conference. The chief guest inaugurated the 1...
रसुवाको धार्मिक मार्गमा देखिन थाले रेडपाण्डा

रसुवाको धार्मिक मार्गमा देखिन थाले रेडपाण्डा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जङ्गलमा रातो हाब्रे (रेडपाण्डा) देखा पर्न थालेको छ । हिमपातको समय नजिकिँदै गर्दा पनि सो क्षेत्रमा लोपोन्मुख रेडपाण्डा भेटिएको हो । संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार विशेष संरक्षणअन्तर्गत निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदल गणको नियमित गस्ती तथा अन्य चौपाय तथा मानिसको बस्ती नभएका कारण चन्दनबारीको माथिल्ला भाग चोलाङपाटी जङ्गल क्षेत्रमा रेडपाण्डा फाट्टफुट्ट देखिन थालेको हो । लजालु स्वभाव रहेको रेडपाण्डाले रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइमा झर...