Monday, April 29
Shadow

कांग्रेस संसदीय दलको अंकगणित : कस्को पक्षमा कति सांसद ?


  • -इ
  • इ+

आमनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसंगै नेपाली कांग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने चासो बढेको छ । संसदको सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्रीका रुपमा हेर्ने गरिन्छ । यति मात्र नभएर संसदीय दलको निर्वाचनमा प्रतिष्पर्धा गर्ने व्यक्तिलाई वैकल्पिक नेताका रुपमा समेत हेरिने भएकाले पनि संसदीय दलको निर्वाचनको चर्चा बढेको छ । अहिलेसम्म कांग्रेसमा प्रधानमन्त्रीका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, १४ औं महाधिवेशनमा सभापति प्रतिष्पर्धी डा. शेखर कोइराला, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री शशांक कोइरालाले दावी गरेका छन् । प्रधानमन्त्रीमा दावी गर्ने नेताहरुमध्ये सवैभन्दा बढी सांसद सभापति देउवाको पक्षमा देखिएका छन् । देउवाको पक्षमा ५१ जना सांसद हुने देखिएको छ । यस्तै डा. शेखरको पक्षमा २१, वरिष्ठ नेता पौडेलको पक्षमा आठ जना सांसद देखिएका छन भने महामन्त्री थापाको पक्षमा सात जना सांसद देखिएका छन् । पूर्वमहामन्त्री डा शशांकको पक्षमा नौ जना सांसद हुने देखिएको छ ।

डा. शेखर कोइरालासँग आफू समेत हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, चन्द्र भण्डारी, राजेन्द्र बजगाईं, राजेन्द्र केसी, डिगबहादुर लिम्बू, सुनीलकुमार शर्मा, राजु थापा, धनराज गुरुङ र बद्री पाण्डे हुनेछन् । त्यस्तै समानुपातिक तर्फका सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, कुसुम थापा र मैना रावल हुनेछन् । शेखरको पक्षमा रहेका जीवन परियार र मैना रावल समानुपातिक सूचीमा पर्ने, नपर्ने ग्यारेण्टी छैन् ।

रामचन्द्र पौडेलसँग आफूसमेत सुरेन्द्र आचार्य, तेजुलाल चौधरी, रामकृष्ण यादव, दिक्पाल शाही, देवप्रसाद तिमल्सिना र योगेश गौचन थकाली हुनेछन् । समानुपातिक तर्फकी सपना राजभण्डारी पौडेलको पक्षमा हुने छिन् । पौडेलसँग जोडिए पनि तेजुलाल चौधरी १४ औं महाधिवेशनमा डा शेखरको समूहबाट सहमहामन्त्रीको उम्मेदवार बनेका कारण पौडेलसँग वा डा. शेखर कोसँग हुन्छन स्पष्ट भएको छैन ।

शेरबहादुर देउवासँग प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, प्रदीप पौडेल, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठौर, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का हुनेछन् । समानुपातिक तर्फबाट आउने शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन जागा, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि सभापति देउवाको पक्षमा हुनेछन् ।

महामन्त्री गगन थापाको पक्षमा आफूसहित विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, राजन केसी, सन्तोष चालिसे, दुर्लभ थापा र समानुपातिक तर्फकी सीता मिजार हुने छिन । तर, मिजार भने गगन वा शशांक कोइरालाको कसको पक्षमा मतदान गर्नेमा अझै पनि स्पष्ट भएकी छैनन् । त्यस्तै गगन निकटहरु दुर्लभ थापा गगनको पक्षमा आउने बताए पनि उनी सभापति देउवा निकट हुन् ।

शशांक कोइराला, दीपक गिरी र दीपक खड्का एक ठाँउमा हुनेछन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares