Tuesday, April 30
Shadow

जाडोमा ब्रोकली खाँदा फाईदै फाईदा :


  • -इ
  • इ+

धेरैले यसलाई हरियो काउली समेत भन्छन् ।  ब्रोकली शरीरका लागि निकै फाइदाजनक हुन्छ । जाडो याममा बजारमा ब्रोकली धेरै मात्रामा पाइन्छ । जाडोमा ब्रोकली खाँदा शरीरलाई मिल्छ यी फाइदा :

  • ब्रोकलीमा आइरन, फाइबर, पोटासियम प्रचुर मात्रामा पाइन्छ । यससमा सोडियम र भिटामिन सी आदि पाइन्छ ।
  •  ब्रोकलीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली खाँदा कलेजोसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ ।
  •  यसको सेवनले हड्डी मजबुत हुनुका साथै हड्डीसँग सम्बन्धित समस्या पनि हट्छ । ब्रोकलीमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ ।
  • ब्रोकलीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले शरीरमा मौसमी रोगको जोखिम हुँदैन ।
  • ब्रोकलीले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ ।
  • ब्रोकली खाँदा छिटो भोक लाग्दैन ।
  •  यसले तौल घटाउन सघाउने गर्छ ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares