Tuesday, March 19
Shadow

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन दियो धम्की


  • -इ
  • इ+

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ । मेटाले नयाँ कानुनप्रति आपत्ति जनाएको छ, जसले समाचार संस्थाहरूलाई फेसबुकमा सेयर गरिएको सामग्रीको लागि शुल्क लिनेसम्बन्धी विषयमा वार्ता गर्न थप शक्ति दिनेछ ।

तिनीहरूको प्लेटफर्मले संघर्षरत समाचार आउटलेटहरूमा बढ्दो गतिविधिलाई सहयोग गर्ने मेटाको दाबी छ । ‘फेसबुकले प्रकाशकहरुको बटम लाइनलाई फाइदा गर्ने भएकाले’ आफ्ना सामग्री फेसबुकमा राख्ने गरेको मेटाले जनाएको छ ।

पत्रकारिता प्रतिस्पर्धा र संरक्षण ऐन ९जीसीपीए० भनेर चिनिने यो विद्येयक मिनेसोटाका सिनेटर एमी क्लोबुचरले कंग्रेसमा पेस गरेका थिए र यसमा द्विपक्षीय समर्थन छ । यसले प्रकाशक र प्रसारकहरूलाई विज्ञापन राजस्वको ठूलो हिस्साको लागि सामाजिक मिडिया कम्पनीहरूसँग सामूहिक रूपमा बार्गेनिङ गर्न ठूलो शक्ति दिनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares