Sunday, April 28
Shadow

कुन्चिप्वाकल माबी मा उपप्रमुख सिर्जना बुर्लाकोटी द्वारा आकस्मिक निरिक्षण


  • -इ
  • इ+

काठमाडौ २०७९ मंसिर १९ गते तारकेश्वर नगरपालिकाको उप प्रमुख सृजना बुर्लाकोटिले तारकेश्वर – १ मा अबस्थित कुन्चिप्वाकल माबी को आकस्मिक अनुगमन गर्नुभएको थियो । उक्त अनुगमनका क्रममा नर्सरी देखि दसौं कक्षाका विद्यार्थीसँग शिक्षकले पढाइरहेको अबस्थामा विद्यार्थीहरु संग पढाइको अवस्थाको बारेमा विद्यार्थी संग सोधपुछ गरेको समस्याको बारेमा जानकारी लिएको र शिक्षक संग पनि पढाई मा केही समस्या छ कि ! प्रशासनले गर्नु पर्ने सहयोगमा कमि छ कि ! भन्ने जानकारी लिनुभएको थियोे ।

विद्यार्थी हरु पनि संतुष्ट र शिक्षक हरु पनि संतुष्ट नै भएको उपप्रमुखले हाम्रो अन्लाईन कर्मिलाइ जानकारी गराउनुभयो । उपप्रमुख बुर्लाकोटिले बिद्यालयमा रहेको बिज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको पनि निरीक्षण गर्नुभएको थियो ।

निरीक्षण भैरहदा कुन्चिप्वाकल माबी का प्रअ राजु नेपाल आफैले उपप्रमुख लाई अबलोकनमा सहयोग गर्नु भएको थियो र उहाँले स्कुलमा अत्यन्तै राम्रो गुणस्तरीय शिक्षक सहितको पढाइ हुदाहुदै पनि निजि स्कुलले यातायात सुबिधा दिएर विद्यार्थीहरु निजि स्कुलमा जाने क्रम बढ्दैछ , जनसंख्या कम भएकोले र नयाँ जनसंख्या नथपिदा विद्यार्थी संख्या मा कमि हुन नदिन नगरपालिकाले बिशेष नीति हरु ल्याएर विद्यार्थी लाई सामुदायिक स्कुलमा पढ्ने बाताबरण बनाउनु पर्छ भन्ने सुझाव उपप्रमुख लाई सुझाव दिनुभयो  ।

शिक्षाप्रेमी उपप्रमुखले सुझावलाई आफुले गम्भीरतापुर्वक लिएको र यस्ता समस्याहरुलाइ नीति द्वारा समस्या समाधान गर्न समस्याको बारेमा छलफल चलाउने छु भन्नुभयो साथै उहाले यस बिद्यालयलाई आवस्यक कम्प्युटर , बिज्ञान सामग्री , पुस्तकालय सामाग्री , पुर्वाधार बिकासमा आफुले पुर्णरुपमा सहयोग गर्ने बताउनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares