Thursday, May 21
Shadow

ब्यानर समाचार

 मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग

 मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
 मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट सङ्कलन गरिएको रु चार लाख ३२ हजार ९५ रकम आइतबार मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको हो । गत काक्तिक ७ गते आगलागीबाट एकघरमा रहेको चार पसल, होटल, बेकरी तथा घरमा गरी करोडौँको क्षति भएको थियो । यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत सङ्कलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो । सङ्कलित रकम घरधनी दीपक दुलाललाई रु एक लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई रु दुई लाख १२ हजार, विजी बेकरीका प्रवीण देउजालाई रु ७० हजार र होटल व्यवसायी रीना गौतमलाई रु ५० हजार वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिनुभयो । यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट सङ्कलित रु ७० हजार र मेलम्ची नगर उद्योग वाणिज्य सङ्घले पनि रु ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो । ...
घर बगायो अहिले झुपडीको वास

घर बगायो अहिले झुपडीको वास

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ ? बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउदयाम सुरु भयो । अवरोधभित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका–५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौं भयो । उहाँ त्यस्ता सिरोटो खप्ने बानी नै परिसक्नुभएको छ । “२०६३ सालमा बाढी आएर घर बगायो, अहिले म बसेको ठाउँमा गोठ थियो”, उहाँले भन्नुभयो, “त्यही गोठलाई जग उठाएर म बस्ने छाप्रो घर बनाएको हुँ ।” उहाँले त्यो छाप्रोमा १६ वर्ष बिताइसक्नुभएको छ । जस्तापाताका लागि निवेदन दिएको जनाउँदै जस्ता आएपछि छाना बनाउने उहाँले बताउनुभयो । “हजुरहरु केही चिन्ता नगर्नुहोला । गुजारा भइ त राछ, क्यारे । टिन मिले छ भने गर्नुपर्ला”, उहाँले भन्नुभयो, “झन्झट छ । भताभुङ्ग हुन्छ । भत्काउने हो भने बर्बाद हुन्छ हजुर । मलाई यही राम्रो छ ।” उह...
वचन बचत तथा ऋण सहकारीको शिक्षा उप-समिती द्वारा एकदिने अभिमुखिकरण तालीम सप्पन्न ।

वचन बचत तथा ऋण सहकारीको शिक्षा उप-समिती द्वारा एकदिने अभिमुखिकरण तालीम सप्पन्न ।

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- २०७९ मंसिर १७ गते इचिवन मल्टिभेन्यु डिल्लीबजारमा वचन बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उप- समितिको आयोजनामा एकदिने अभिमुखिकरण तालीम सप्पन्न भयो । उक्त कार्यक्रमको अध्यक्षता मुकुन्दराज खनालले गर्नुभएको थियो भने संचालन कृष्णप्रसाद डंगोलले गर्नुभएको थियो ।       उक्त कार्यक्रममा उपस्थित हुनुहुने प्रमुख अतिथि, अतिथि, उपस्थित महानुभावहरुलाइ डा. देशमर्दन बस्न्यात ज्युले स्वागत मन्तव्यले स्वागत गर्नु भएको थियो । उहाँ ले स्वागतमन्तव्यको क्रममा सहकारीले रास्ट्रीय बिकाशमा खेलेको भुमिका र बिकासशिल राष्ट्र मा यस्को महत्त्व बारेमा पनि अन्तर्राष्ट्रिय उदारणहरु पेश गर्नु भएको थियो ।   कार्यक्रमको मुख्य उद्देश्य भनेको भर्खरै (२०७९ भाद्र १७ मा ) नवगठित संचालक समिति , लेखा सुपरिवेक्षण समिति लगाएतका समितिहरुका पदाधिकारी सहित सदस्यहरुलाइ एवं संस्थाको...

जुङ्गे बादशाहको नंग्रा !

ब्यानर समाचार, साहित्य/कला
लेखक: चिरन कोइराला यो खूनी नङ्ग्रा कस्को हो ? हिटलर मुसोलिनी नादिर शाह या कुनै जुँगे बादशाह को ? जो भाइचारामा थप्पड बर्षाउँछ जो बेसहारा जिस्मको कत्लेआम गर्न मैमत्त छ जाे यो शहरमा आगोको बर्षा गर्न उद्दत छ । तुसाराेमा एक रात छाप्राेमा बिताउन जसलाई मेराे चुनाैती छ । यो खूनी नङ्ग्रा कस्को हो ? चिन्नुस उसलाई हेर्नुस उसलाई आज उसप्रति मेरो कुनै सहानुभूति छैन सहानुभूति त आफै प्रति छ एक्काइसौं सताब्दीमा पनि म उसलाई दया गर्न बाध्य छु । जाे जिउँदाकाे बास उधिनेर आफ्नाे सुन्दर स्वार्थकाे कल्पना गर्छ । ...
वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा मतदान

वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेता पौडेलले सो अवसरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताउनुभएको छ ।
बागमती प्रदेशमा ३४ लाख ७१ हजारले मतदान गर्ने

बागमती प्रदेशमा ३४ लाख ७१ हजारले मतदान गर्ने

निर्वाचन विशेष, ब्यानर समाचार
बागमती प्रदेशको काठमाडौँ उपात्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् । तीमध्ये महिला १७ लाख ३७ हजार तीन सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ मतदाता रहेको मकवानपुरस्थित बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ती मतदाताका लागि जम्मा चार हजार एक सय ४३ वटा मतदान केन्द्र कायम गरिएको छ । काठमाडौँ उपत्यकालगायत १३वटै जिल्लामा अस्थायी मतदाता रहेकाले उनीहरूलाई आवश्यकताअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको र ती मतदान केन्द्रमध्ये कारागारमा रहेका कैदीबन्दी, तेस्रो लिङ्गी समुदाय र निजामती कर्मचारीलाई समानुपातिक सांसदको निर्वाचनमा मात्र मतदान गर्ने अवसर दिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकृत लुम्बनाथ पोखरेलले राससलाई जानकारी दिनुभयो । ...
सरकारले एकजना मतदाता बराबर १ हजार एक सय १४ रुपैयाँ खर्च गर्दै

सरकारले एकजना मतदाता बराबर १ हजार एक सय १४ रुपैयाँ खर्च गर्दै

निर्वाचन विशेष, ब्यानर समाचार
सरकारले मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश निर्वाचनमा २० अर्ब ४ करोड रुपैयाँ बजेट दिएको छ । निर्वाचन आयोगले माग गरे अनुसार अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता प्रदान गरेको छ । आयोगले मागेको २० अर्ब ४ करोड रुपैयाँ बजेटलाइ मतदाताको संख्यासँग तुलना गर्दा विगतको भन्दा प्रति मतदातामा लाग्ने खर्च निकै बढेको छ । प्रतिनिधी र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ खर्च गर्ने स्वीकृति प्रदान गरेको अर्थ मन्त्रालयले सुरक्षा निकायलाई पनि १० अर्ब ४ करोड रुपैयाँ खर्च गर्ने स्वीकृति दिएको छ । यसपटको चुनावमा आयोगले प्रति मतदाता १ हजार ११४ रुपैयाँ गर्ने गरी बजेटको सुनिश्चितता पाएको छ । स्थानीय तह निर्वाचनमा भने प्रतिमतदाता ६ सय ६६.५२ रुपैयाँ खर्च भएको थियो । यसपटकको निर्वाचनमा निर्वाचन आयोग र सुरक्षा निकायको खर्च बढेपछि प्रतिमतदाता लागत बढेको हो । सरकारले स्थानीय तह न...
देशको सार्वभौमसत्ता जोगाउने शक्ति एमालेमा  : अध्यक्ष ओली

देशको सार्वभौमसत्ता जोगाउने शक्ति एमालेमा : अध्यक्ष ओली

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
 अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नुभएको छ । आइतबार सुर्खेतमा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै उहाँले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागि मात्रै निर्वाचन नभएको बताउनुभयो । मङ्सिर ४ को निर्वाचनबाट देश बचाउने शक्तिलाई ल्याउन जनता सचेत हुनुपर्छ भन्दै उहाँले देशको सार्वभौमसत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको र त्यो शक्ति एमाले भएको बताउनुभयो । उहाँले सबै शक्ति मिलेर एमालेलाई सिध्याउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको भन्दै सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा बोकेको पार्टीलाई जनताको ठूलो साथ रहेको बताउनुभयो । ...
काठमाडौं–२ मा कस्तो रहला ओनसारिको अवस्था ! एमाले र राप्रपा को पहिलो हुन प्रतिस्पर्धा !

काठमाडौं–२ मा कस्तो रहला ओनसारिको अवस्था ! एमाले र राप्रपा को पहिलो हुन प्रतिस्पर्धा !

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
लेखक - माधव तिमल्सिना काठमाडौं । कांग्रेस एक्लैले जित्ने अवस्थामा काठमाडौं २ मा रोल्पाबाट उम्मेदवार किन बोकेर ल्याएको भन्दै कांग्रेसभित्रका असन्तुष्ट समूह अहिलेसम्म निस्क्रिय भइरहेको अवस्थामा अब  त्यस  क्षेत्रका  कांग्रेसका क्षेत्रीय नेतृत्व र स्वयम् माओवादी केन्द्रका नेतृत्व र उम्मेदवारसँग जमेर प्रश्न गर्ने निश्कर्ष निकालेका छन् । अझ विशेषगरी माओवादी केन्द्रका उम्मेदवारलाई आफ्नो कुन जगमा जित्छु भन्दै कांग्रेसको पकड क्षेत्रमा आउनु भयो भनेर जमेर प्रश्न गर्ने उनीहरुको भनाइ छ । माओवादी कार्यदलका पार्टी अध्यक्ष प्रचण्डका अत्यन्त विश्वासिला सदस्य वर्षमान पुनले माओवादी केन्द्रको एकल नाम सिफारिस भएका कृष्णराज सुबेदिको नाम हटाएर कुनै पनि पार्टी कमिटीबाट  सिफारिस नभएकी आफ्नी श्रीमती ओनसरी घर्तीलाई काठमाडौं २ मा बोकेर ल्याएर उम्मेदवार बनाएको भन्दै कांग्रेसबाट सम्भावित उम्मेदवार माधवी भ...