काठमाडौं, पुस १४ । दाङको देउखुरीमा जीपले ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
लमही नगरपालिका ५ नर्तीमा लु२च ५६६४ नम्बरको जीपले सोमबार बेलुकी ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति ज्यान गएको हो ।