Saturday, April 20
Shadow

दाइले आगो सल्काउँदा दुई वर्षीय बहीनीको मृत्यु


  • -इ
  • इ+

काठमाडौं, पुस १८ । बैतडी जिल्लामा चार वर्षीय बालकले आगो सल्काउँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ ।

सिगास गाउँपालिका-३ साउन खेतमा बुधबार अपरान्ह खरमा आगो सल्काउँदा बालिकाको मुत्युभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

साउन खेतमा बस्ने मनवीर साउदको चार वर्षीय छोरा दीपेश साउदले आफ्नै घर पछाडि राखेको खरमा सलाई कोरेर आगो सल्काउँदा साथमा रहेकी दुई वर्षीया बहिनी रेखा साउदको जलेर घटनास्थलमानै मृत्यु भएको जनाइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares