Sunday, May 5
Shadow

स्थानिय तह

कोरोना भाइरसविरुद्धको खोप लगाएका ३३ जनामा सामान्य समस्या

कोरोना भाइरसविरुद्धको खोप लगाएका ३३ जनामा सामान्य समस्या

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाडौं, माघ २१ । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्ने लगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए। केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किसकिएको बताइएको छ । पछिल्लो केही दिनदेखि अस्पतालमै आएर कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले जानकारी दिए। उनका अनुसार खोप लागाउनेमा म...
वि.ओ.पि  विजयनगरमा अबैध कुखुरा नष्ट

वि.ओ.पि विजयनगरमा अबैध कुखुरा नष्ट

आर्थिक, समाचार, स्थानिय तह
कपिलवस्तु , २० माघ , विजयनगर कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं.५ कटनियाबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगर र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले अन्दाजी ३५०किलाे अबैध कुखुरा बरामद गरेर नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले ३५० किलो अबैद्य ब्रोइलर कुखुरा नष्ट गरेको छ । सोमवार रात्रि करिब १० बजे भारतबाट नेपालतर्फ अबैद्य रुपमा गरि ल्याउँदै गरेको अवस्थामा गस्ती टोली लाई देखि कुखुरा छोडी मानिस भागेको अवस्थामा कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगरका सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर के. सी. ले जानकारी दिनुभएको छ । प्रहरीले बरामद गरिएको ३५० किलो कुखुराको अन्दाजी मुल्य १ लाख पर्ने उहाँले बताउनुभयो । तस्करले सशस्त्र प्रहारी बल नेपाल वि.ओ.पी. विजयनगर बाट खटिगएको सशस्त्र प्रहर...
पाँच वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

पाँच वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १९ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएकी थिइन् । कनून बमोजिम कारवाही गर्न माग भएपछि पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार स्वास्थ्य परीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले बताए । स्वास्थ्य परीक्षणपछि आज उजूरी दर्ता गरेर आरोपितलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।...
संसद विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाहरूको संयुक्त विरोध प्रदर्शन धादिङबेसीमा

संसद विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाहरूको संयुक्त विरोध प्रदर्शन धादिङबेसीमा

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाडौं, माघ १९ संसद विघटनको विरोधमा नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा आज धादिङबेसीमा विरोध प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज नेपाली कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । देशको विकासको सट्टा, विवाद, भ्रष्टाचार, घुसखोरी र विभिन्न किसिमका काण्डमा सरकार लागेको भन्दै दबाब दिन कांग्रेसले देशैभर सडक आन्दोलन गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, पूर्वमन्त्री दिलमान पाख्रिन, पूर्व सभापति रामनाथ अधिकारी, महासमिति सदस्यहरु झंक नारायण श्रेष्ठ,बासु तिमल्सेना, कल्पना अधिकारी, कविता इटनी, नेपाल तरुण दलका अध्यक्ष गोपाल विक, नेपाल विद्यार्थी संघका इश्वर अधिकारी, नेपाल किसान संघ, भरत बहादुर ढकाल, आदिवासी जनजाति संघका अध्यक्ष टेकजंग लामा, भूपू सैनिक संघका डिल बहादुर गु...
ईश्वर पोखरेलको स्कर्टिङसँगैको गाडी नुवाकोटमा तोडफोड

ईश्वर पोखरेलको स्कर्टिङसँगैको गाडी नुवाकोटमा तोडफोड

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाडौं, माघ १९ नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको स्कर्टिङ सँगैको गाडी नुवाकोटमा तोडफोड भएको छ । प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको स्कर्टिङ सँगै रहेको एक गाडी तोडफोड गरेका हुन् । कार्यक्रममा सहभागी हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो। गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।...
धादिङमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

धादिङमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ १९ पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नं २ कोइरालेमा २ वटा ट्रक एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। दुर्घटनामा परी ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नं ९ का किरण प्रताप गुरुङ्गको मृत्यु भएको छ। उनीहरुको घटनास्थलमा मृत्यु भएको शव च्यापिएको अवस्थामा रहेको थियो। त्यस्तै घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते भएका थिए। उनीहरुला...
सुदूरपश्चिममा बिहानै भूकम्पको धक्का महसुस

सुदूरपश्चिममा बिहानै भूकम्पको धक्का महसुस

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १९ । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ । यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उहाँले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।...
चिसो बढेकोले तीन दिन विद्यालय बन्द गर्न निर्देशन

चिसो बढेकोले तीन दिन विद्यालय बन्द गर्न निर्देशन

मौसम, शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, माघ १८ नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधिक चिसो बढेकाले तीन दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले सूचना निकालेर १९ देखि २१ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएका हुन्। चिसो यथावत रहेमा शुक्रबारसम्म विद्यालय बन्द गर्न निर्देशन गरिएको छ। सूचनामा भनिएको छ, ‘अत्याधिक चिसो भएको कारणले गर्दा मिति २०७७ माघ १९ गते सोमबारदेखि २०७७ माघ २१ गते बुधबारसम्म तीन दिन विद्यालय विदा गर्ने र मौसम अनुकूल भइ घाम लागेको खण्डमा २२ गतेबाट विद्यालय सञ्चालन गर्ने तर यस्तै प्रतिकूल मौसम रहेमा माघ २३ गते शुक्रबारसम्म विद्यालयहरुमा विदा गर्ने व्यवस्था मिलाउनु हुन सम्पूर्ण विद्यालयहरुलाई जानकारी गराइन्छ।’ नेपालगञ्जमा केही दिनयता चिसो बढेको छ। यहाँको तापक्रम ३ डिग्रीसम्म सेल्सियसमा झरेको छ। आइतबारको न्यूनतम तापक्रम ५ डि...
काठमाण्डौमा बर्ड फ्लू :  सम्भावित क्षेत्रमा उच्च निगरानी

काठमाण्डौमा बर्ड फ्लू : सम्भावित क्षेत्रमा उच्च निगरानी

जिवनसैली, ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, माघ १८ काठमाण्डौमा बर्ड फ्लू देखिएपछि भारतसँगको नाकामा कडाइ गरिएको छ । यसअघि भारतमा बर्ड फ्लू देखिएकाले भारतसँगको सबै नाकामा कडाइ गरिएको पशुसेवा विभागले जनाएको छ । विभागले भारतबाट हुने पंक्षीजन्य सबै वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पनि जनाएको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लु रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको बताइए पनि काठमाण्डौमा बर्ड फ्लूकाे पुष्टि भएको हो । बर्ड फ्लू काठमाण्डौमा देखा पर्यो भन्नेबारे भने अनुसन्धान भइरहेको विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो । भारतका विभिन्न राज्यमा बर्ड फ्लू देखिएपछि नाकामा कडाइ गरिएको सरकारले बताउँदै आएको थियो । यस्तै सीमानाकासहित देशका विभिन्न ठाउँमा पनि निगरानी बढाइएको छ । रोग पुष्टि भएको क्षेत्र काठमाण्डौको तारकेश्वर नगरपालिका-७ क्षेत्रमा रहेका सबै घरपालुवा पंक्षी र रोग सार्न...
बलात्कारको आरोपमा २६ वर्षीय युवक पक्राउ

बलात्कारको आरोपमा २६ वर्षीय युवक पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सप्तरी , माघ १७ । बलात्कार प्रयासका फरार एक आरोपी आज पक्राउ परेका छन् । सप्तरीको रूपनी गाउँपालिका–३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत कात्तिक ६ गते राति शौचालय गएका बेला आरोपितले बलात्कार प्रयास गरेको भन्दै एक महिलाले उजुरी गरेका थिए । पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भए पनि फरार रहेकाले खोजतलासका क्रममा आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।...