Thursday, April 25
Shadow

स्थानिय तह

सोलुखुम्बुमा आगलागीमा परी २ बालबालिकाको मृत्यु

सोलुखुम्बुमा आगलागीमा परी २ बालबालिकाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १७ । सोलुखुम्बुमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरू एकैदाजुभाईका छोरा र छोरी हुन् । नेचासल्यान गाउँपालिका-२ सल्यानका टेकबहादुर निरौलाको मतानमा आगलागी हुँदा उनको नाति र नातिनीको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरूमा सात वर्षका सुगम निरौला र पाँच वर्षकी गृष्मा निरौला रहेका छन् । प्रहरीका अनुसार मृतकमध्ये सुगम दाईको छोरा हुन् भने गृष्मा भाईको छोरी हुन् । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।...
मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रणबाहिर

मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रणबाहिर

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १७ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्‍गलमा आगो बलिरहेको छ। मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन। रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन्। “जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन,” नासो गाउँपालिका-८ ताचैका वडाध्यक्ष हुपजङ्‍ग गुरुङले भने। चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो। यहाँ जम्मा ६३ घरधुरी छन्। तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्‍ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए। तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनलेको भनाइ छ। उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्‍निरेखा बनाउन सफल भएको बताउँदै भने, “पाइपको व्यवस्था ग...
आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
खोटाङ, माघ १७ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते हुनुभएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक थिइन् । वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ थिइन् । लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए । हिमादेवीको मृत्यु भएको बारेमा थप जानकारी ...
केउरनी दुर्घटनाको पिडकलाई प्रहरीले बचाउँ गर्यो भन्दै पिडित पक्षले गरे न्यायको अपिल

केउरनी दुर्घटनाको पिडकलाई प्रहरीले बचाउँ गर्यो भन्दै पिडित पक्षले गरे न्यायको अपिल

अपराध, दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ १७ रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षका छवीलाल न्यौपानेको नुवाकोटमा ट्रिपरको ठक्करबाट मृत्यु भएको छ । गल्छीहुदै काठमाडौ बिहीबार बिहान जान लागेका न्यौपानेको बेलकोटगढी नगरपालिका वडा नं. ५ स्थित केउरनी नजिकै ‘देवीघाट–गल्छी’ सडक खण्डमा बा ४ ख ६५९४ ट्रिपरले दिएको ठक्करबाट ज्यान गएको हो । उनी चढेको बा.७५ प ७६११ नं को मोटरसाइकल लडिरहेको अबस्थामा भेट्टिएको भन्दै प्रहरीले उद्धार गरेर त्रिशूली अस्पताल पुराएको थियो । त्यहाँ लैजादाँ मृत्य भैसकेको चिकित्सकले बताएका थिए । उनलाई ट्रिपरले ठक्कर दिएर ज्यान लिएको र उपचारको लागी अस्पताल लगेको भनेर प्रहरीले भनेपनि घटनाको तथ्य बङ्गाउनको लागी त्यसो गरेको पाइएको छ । घाइतेलाई उपचारको लागी अस्पतालमा लगेको भएपनि उनले लगाएको हेलमेट टाउकोबाट ननिकालेको, मुखमा लगाएको माक्स समेत नझिकेको पाइनुले प्रहरीले ठक्कर दिने ट्रिपरलाई बचाउनको लाग...
वाग्मती प्रदेशको प्रदेश सभा बैठक आज बस्दै , यस्तो छ कार्यसूची

वाग्मती प्रदेशको प्रदेश सभा बैठक आज बस्दै , यस्तो छ कार्यसूची

मुख्य समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाडौँ , माघ ९ । वाग्मती प्रदेशको प्रदेश सभा आज बस्ने भएको छ । राजनीतिक दलहरूले बैठक बोलाउन दबाब दिएपछि प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाएका हुन् । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ । कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले पनि अब अविश्वास प्रस्ताव सदनमा औपचारिक रूपमा प्रवेश हुने बताएका छन् । बुधबार ६ महिनापछि बसेको अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोल्ने क्रम सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । तर, बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिको दबाबपछि सभामुख श्रेष्ठले बैठक बोलाएका हुन् । नेकपा विभाजनको असर बागमती प्रदेशमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध...
सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा अबैध भारतीय रकम सहित एक ब्यक्ति पक्राउ

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा अबैध भारतीय रकम सहित एक ब्यक्ति पक्राउ

अपराध, आर्थिक, समाचार, स्थानिय तह
कृष्णनगर,कपिलवस्तु, माघ ८ शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णनगर ले भारत बाट अबैध रुपमा भित्राईएको पांच लाख चौतिस हजार पांच सय पचहत्तर(५३४५७५) भारतीय रुपैया बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंट मा शसस्त्र प्रहरी नायब निरीक्षक ठाकुर बहादूर केसी को कमान्डमा खटिएको टोली ले उक्त रुपैया बरामद गरेको हो । भारत तर्फ बाट नेपाल आउदै गरेको पैदल यात्रि जिल्ला बाग्लुंङ निसीखोला गाउपालिका वडा नं. ५ बर्ष ३१ का भागिलाल विक को झोला चेकचाज गर्दा उक्त रकम बरामद भएको छ। भारतीय रुपयाको साथ साथै एक डालर अमेरीकी र दुई सय वैसा ओमानको पनि भेटिएको छ। चेकचाज गर्ने क्रममा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरको टोलीले बिहिवार बिहान लगभग १० – ११ बजेका बिच उक्त भारतीय रुपैया बरामद गरेको हो ।सो बरामद गरिएको पैसा र मान्छेलाई आवश्यक कारवाहीका...
रासायनिक मल पर्याप्त हुँदा पनि पुगेन किसानसम्म

रासायनिक मल पर्याप्त हुँदा पनि पुगेन किसानसम्म

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ७ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जको गोदाममा रासायनिक मल पर्याप्त मात्रामा रहेको भनिएपनि किसानसम्म पुग्न नसकेको गुनासो बढ्दै गएको छ । कार्यालयको गोदाममा युरिया, डिएपी र पोटास मल पर्याप्त मात्रामा रहेको भनिए पनि किसानसम्म पुग्न नसकेको गुनासो बढ्दै गएको हो । धानखेतीको मौसममा किसानले पर्याप्त मात्रामा रासायनिक मल नपाएर सोचेजस्तो धानको उत्पादन लिन नसकेको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका–१७ का किसान रामविजय यादवले भने, “यसपालि गँहु र उखुको सिजनमा समेत मल नपाएपछि भारतीय रासायनिक मलले काम चलाउनु परेकाले यस वर्ष पनि गँहु उत्पादनमा कमी आउँछ कि भनेर चिन्तामा परेको छु ।” कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको पुस मसान्तसम्म युरिया ११ हजार ७७१ टन, डिएपी ११ हजार ८६ टन र पोटास चार हजार ६२१ टन आएकोमा सोही अवधिमा रु पाँच करो...
चितवनमा बस र ट्रक एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

चितवनमा बस र ट्रक एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ७ । पूर्वी चितवनको राप्ती नगरपालिका-५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नंको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ४२८१ नंको ट्रक आपसमा ठक्कर खाएको थियो । ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । राति ११ बजे भएको दुर्घटनामा परी बसका सहचालक रौतहट चपुर(४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका(२३ का सुनीलकुमार साह घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम ...
माग र आपूर्तिका आधारमा सन्तुलन मिलाई विद्युत उपलब्ध गराइने

माग र आपूर्तिका आधारमा सन्तुलन मिलाई विद्युत उपलब्ध गराइने

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौँ, माघ ५ । नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्तिको सन्तुलन मिलाई सहज रुपमा विद्युत सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । उपभोक्ताले दैनिकरुपमा विद्युत प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्राधिकरणका कायममुकायम ९कामु० कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । पछिल्ला दिनमा प्राधिकरणले जुम्लामा विद्युत्भार कटौती गरेको भन्दै आएको सूचनाका सम्बन्धमा कामु कार्यकारी निर्देशक शाक्यले भने, “प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत आपूर्ति हुँदै आएकामा अब दैनिकरुपमा विद्युत आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौँ ।” कर्णालीका कालीकोट, हुम्ला र मुगुमा चालू आर्थिक वर्षभित्रमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने गरी काम गरिरहेका प्राधिकरणको भनाइ छ । कर्णाली प्र...
प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ मा आज सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ५ । प्रदेश नम्बर २ सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सोमबार बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ ।...