Saturday, May 18
Shadow

स्थानिय तह

भागरथीको हत्या प्रकरणः  अझै भेटिएन हत्याराको सुराक, प्रहरी नै अलमलमा

भागरथीको हत्या प्रकरणः अझै भेटिएन हत्याराको सुराक, प्रहरी नै अलमलमा

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , माघ २६ १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन। बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली बिहीबार नै घटनास्थलमा खटिएको थियो। उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो। त्यस दिन घटनाका दोषीको कुनै प्रमाण पाइएको थिएन। घटनास्थलमा किशोरीको शवबाहेक केही फेला परेको थिएन। टाउकामा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो। ...
कपिलवस्तुमा जसपाले प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन

कपिलवस्तुमा जसपाले प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
शहबाज खान/कपिलवस्तु कपिलवस्तुको कृष्णानगर नगरपालिका,शिवराज नगरपालिका‌ र विजयनगर गाउँपालिकामा जसपा द्वारा प्रधानमन्त्रीको बिरोध गर्दै पुतला दहन गरिएको छ। प्रधानमन्त्री के.पी.ओलीद्वारा गरिएको निर्वाचित प्रतिनिधि सभा विघटन जस्ता असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरोधमा जसपा पार्टीद्वारा विरोधी तथा आन्दोलनका निम्न थप कार्यक्रमहरू तय गरिएको निर्देशनअनुसार आइतबारका दिन कपिलवस्तु को कृष्णानगर,शिवराज र विजयनगर गाउपालिका मा जनता समाजवादी पार्टी द्वारा राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीको पुतलादहन गरीएको छ।सो कार्यक्रमम कृष्णनगर को मुटु गोलघर,शिवराज नगरपालिकाको चन्द्रौटा मुख्य चौक र विजयनगर गाउँपालिकामा को झुलनिया चौकमा प्रदर्शन भएको छ । जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध स्वरूप तिनटै प...
नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन तथा दोश्रो साधारणसभा सम्पन्न

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन तथा दोश्रो साधारणसभा सम्पन्न

आर्थिक, समाचार, स्थानिय तह
काठमाडौ,माघ २५ नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन तथा दोश्रो साधारणसभा सम्पन्नभएको छ । जिल्ला अध्यक्ष राम चन्द्र परियारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि महासंघ अध्यक्ष राम कृष्ण श्रेष्ठ , विशिष्ट अतिथि पुतलीबजार नगर पालिका प्रमुख सिमा कुमारी क्षेत्री , उपप्रमुख महेश पुरी , महासंघ विशिष्ट सदस्य नरेन्द्र मित्रकोटी, अतिथि गण्डकी प्रदेश संयोजक किशन सेवा महासंघ सदस्य कृष्णा अधिकारी , सोम गौतम , गण्डकी प्रदेश आर्थिक प्रमुख चीन बहादुर परियार , पत्रकार महासंघ जिल्ला अध्यक्ष , उध्योग बाणिज्य संघ सचीव , सुनचाँदी ब्यवसायी संघ जिल्ला अध्यक्ष , तनहुँ जिल्ला अध्यक्ष हरि परियार लगायत अतिथिहरुको बिशेष उपस्थिति रहेको थियो। जिल्लाका विभिन्न नगर र गाउँपालिका बाट प्रतिनिधित्व रहेको अधिबेशनको बन्दसत्र बाट सर्वसम्मतरुपमा राम चन्द्र परियारको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति...
कार्यवाहक वडाध्यक्षको घरमा युवती मृत फेला, वडाध्यक्ष श्रीमतीसहित फरार

कार्यवाहक वडाध्यक्षको घरमा युवती मृत फेला, वडाध्यक्ष श्रीमतीसहित फरार

अपराध, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ १५ कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको गौरिगङ्गा नगरपालिका वडा नम्बर ३ मा करिब २२ वर्षकी सञ्जिता चौधरी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले बताए। गौरीगंगा नगरपालिका ३ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष निरज चौधरीको घरमा उनी मृत फेला परेकी हुन्। खुट्टा भुइँमा छोइएको अवस्थामा मृत भेटिएकी सञ्जिता र निरज लामो समयदेखि प्रेम सम्बन्धमा प्रहरीको अनुसन्धानमा खुलेको छ। निरज श्रीमतीसहित फरार छन्। उनले हालै मात्र अर्को विवाह गरेका थिए।...
गोरखामा भारी हिमपात :  जनजीवन प्रभावित, कृषक भने उत्साहित

गोरखामा भारी हिमपात : जनजीवन प्रभावित, कृषक भने उत्साहित

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
गोरखा, माघ २४ । उत्तरी गोरखामा गए रातिदेखि वर्षातसँगै भारी हिमपात भएको छ ।जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा गए रातिदेखि वर्षात र हिमपात शुरु भएको हो । धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखास्थित एकीकृत नमूनावस्ती हिउँले ढाकिएको छ । सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामा गाउँ लगायत क्षेत्र हिउँले ढाकिएको स्थानीयवासीले बताएका छन् । हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेका छन् । वृद्धवृदा र बालबालिकालाई बढी समस्या भएको साम्दोका स्थानीयवासी दोर्जे लामाले जानकारी दिए । उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिले पनि हिमपात भइरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप० का प्रमुख नरेन्द्र लामाले जानकारी दिए । “लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा भारी हिमपात भइरहेको छ”, उनले भने, “हिजो अबेरसम्ममा फिलिमपारी रहेको पाङसिङ माथिको डाडाँसम्म ...
१० महिनापछि नियमितरुपमा आजबाट सञ्चालनमा आयो झुलाघाट नाका

१० महिनापछि नियमितरुपमा आजबाट सञ्चालनमा आयो झुलाघाट नाका

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ २४ । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आजबाट आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जानकारी दिएको हो । सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताएका छन् । सरकारले यसअघि गत शुक्रबारदेखि नै देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आउन लागेको हो । नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्नेछ । भारतीय पक्षले सहमति जनाएपछि शुक्रबार पनि नाकामा आवतजावत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै अन्तर्राष्ट्रिय नाका बन्द गरे...
सिरहामा कोरोना सङ्क्रमण शून्यमा झर्‍यो

सिरहामा कोरोना सङ्क्रमण शून्यमा झर्‍यो

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ २४ । सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सङ्क्रमण फैलिएको ११ महिनापछि सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । सिरहामा कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ । जिल्लामा कोरोना सङ्क्रमण शून्यमा झरे पनि जोखिम अझै कायम रहेको छ । यसकारण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्न प्रमुख यादवले सुझाव दिएका छन् ।...
चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौँ , माघ २४ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको हो । घरमै बसेका बेला चट्याङ लागेका बोहराको घटनास्थलमै मृत्यु भएको थियो भने उनकी ३५ वर्षीया सीता बोहरा घाइते भएको प्रहरीले जनाएको छ । खाना खाएर अगेनामा आगो तापेर बसिरहेका बेला चट्याङ लागेको हो ।...
बैतडीमा किशोरी मृत फेला, हत्याको आशंका

बैतडीमा किशोरी मृत फेला, हत्याको आशंका

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ २३ । बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ । उनले भने, “मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा छन् ।” ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ । उनले भने, “घटना हुनु निकै दुःखद् छ, घटनामा संलग्नलाई आवश्यक कारवाही हुनुपर्छ ।” घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोत...
भरूवा बन्दुक र कालिजसहित दुई पकाउ

भरूवा बन्दुक र कालिजसहित दुई पकाउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बझाङ , माघ २१ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११स्३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा–३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीचौकी छबिसपाथीभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।...