
नारी भित्रको संरचना
मैले आमा भने देखि नजिकबाट महसुस गरेको पात्र नारी कुनै जात होइन । बा ले वारवार यी नारीको जात भनेर भन्दै गर्दा मलाइ नारी के हो भन्ने नै थाहा थिएन । एउटा छुट्टै प्रकृति, आकार,बानी अनि संरचनालाइ नारी भनिन्छ जस्तो मेरो बाल मस्तिष्कमा कोरि रहने चित्र हो नारी । मैले धेरै चोटि आफ्नु मस्तिष्कलाइ जोड दिँदै चित्रलाइ कोर्ने जमर्को गरेकै हो, तर मेरा भर्खर दुधे बालक मस्तिष्कमा आकृती बन्न नसकेकि नारी बाहिर कुनै फरक संरचना नभए पनि भित्री संरचना फरक रहेछ ।
मैले आमा भने देखि प्रीयसी सम्म भनेर सम्बोधन गरेको पात्र नारी, त्यो एउटा फगत संरचना मात्र नभएर त्यो महसुस हो रहेछ । समाजले सदैव कमजोर अनि हेलाँको बिचमा राख्न रुचाउने नारी पात्र भित्र ममता रुपि संरचना छ । पुरुष भित्रको अहम्तामा नारी पात्र एउटा कथाको पात्र मात्र हुन। हामी पुरुष प्रधान समाजमा छौँ । मैले पहिलो संगत गरेको पुरुष जातिमा मेरा बा,बा भित्र छुट्ट...