पामेल उपाध्यय/काठमाण्डौँ, पुष २२
तिमी लड जति सक्छौं त्यती लड। लम्किदै लड, घिस्रिदै लड। जोसिदै लड, मुठ्ठी उझाई लड। शीर झुकाएर होस् वा उठाएर होस्, पिठ्युँ फर्काएर होस् वा छाती फुलाएर होस् लड्न नछोड। तिमी लड्न लाई जन्मिएका हौँ त्यसै ले पाखुरा सुर्किएर लड, तिघ्रा ठटाएर लड। मस्त जवानी को झोक झै राग उकाल्ने गरि लड। मान्छे भएर जन्मिनुमा एउटा सार्थकता हुञ्छ, त्यसलाई लडाईमा बदल। जीवन नै लडाई हो भन्ने सम्झि कर्म लाई थाती राख्दै लड। हस्तिनापुर को बाँस होस् वा चपरी मुनि को बाँस लडाई निरन्तर जारी राख्दै अनन्तकाल सम्म भक्त भएर लड। लडाई लाई नै भाग्य विद्याता सम्झी इमान्दार मेहनत र परिश्रम भएर होईन भक्त हनुमान भएर लड।
कम्युनिष्ट आन्दोलन भित्र बैचारिक वहसको युग समाप्त भएर स्खलित युग को सुरुवात भएको घोषणा गर्दै लड। तिमी छौँ र त यहाँ सबै कुरा सम्भव छ। तिम्रा केही उच्च नेताहरु ले बोलेको तुच्छ वाक्य लाई यो युग कै माहानवाणी सम्झदै वा वा… भन्दै लड। हिजो भएको आन्दोलन मा लगाईएको नारा ले संस्कार सकिएको खुशियालीमा दिप प्रज्वलन गर्दै लड। संस्कार सकिएपछि मान्छे हुनुमा हिनताबोध को पीडा ले छटपटाई तथानाम गाली गलौज गर्दै छाडा, उछृङ्गखल र अराजक भएर लड। लडाई को कुनै सिमा हुँदैन, न निश्चित मापदण्ड नै हुञ्छ भन्ने संदेश दिदै लड। तिमी जन्मिएकै लड्न को लागी हो। त्यसै ले लडाई निरन्तर जारी राख।
राणा शासन अन्त्यको निम्ति लड्यौं। तर, उस्ले गरेका राम्रा कामहरु लाई कहिल्यैं अपनाउने प्रयत्न गरेनौं। पञ्चायको बिरुद्धमा लड्यौं। आज पर्यन्त उस्का नराम्रा पाटाहरुको मात्र सुस्म बिश्लेषक बनिरहौं। आफै ले ल्याएको भनिएको प्रजातन्त्रमा खोट देखाउदै, बिरुद्धमा लड्यौं। लड्दा लड्दै, लडाई को अनेकौं श्रीङ्खलाहरु पार गर्दै गणतन्त्र सम्म आईपुग्यौं। एउटै पश्न मनमा उब्जिरह्यो- इतिहास को कालखण्ड देखि बर्तमान सम्म आइपुग्दा तिम्रो लडाई को औचित्य पुष्टि गर्ने कुनै साध्य भएन। तिम्रो लडाई को लक्ष्य र उदेश्य मापन गर्ने कुनै निकाय मापदण्ड भएन। तसर्थ: “म” हुनु को गर्व गर्दै लडाई निरन्तर जारी राख।
हुन त पुर्खाहरुले पनि नलडेका होइनन् तर, त्यो लडाई को औचित्य पुष्टि गर्ने धेरै आधारहरु छन्। त्यो लडाई कै युग थियो। सार्भमौसत्ता र स्वाधिन रक्षा को लडाई को युग थियो। नेपाल र नेपाली को अस्तित्व जोगाई राख्ने दुरदर्शि लडाई को युग थियो। विश्व मानचित्रमा छुट्टै राष्ट्र को अस्तित्व को लडाई को युग थियो। विदेशी फिरङ्गानाको सामु शिर ठाडो पारेर हिड्नु पर्छ भन्ने विरताको गाथा बोकेको लडाईको युग थियो। सम्झौता होइन बाहादुर निशानी को लडाई को युग थियो। यस्ता इतिहास पढ्न पाउँदा गर्व ले छाली फुल्नु पर्ने हो। श्रद्धा का दुईथोपा आँसु झर्नु पर्ने हो। ढलेका शालिक उठाउदै हिड्नु पर्ने हो। फरक यति नै हो, पुर्खा को लडाई बिदेशी सङ्ग थियो। तिम्रो लडाई आफन्त सङ्ग बाहादुरी देखाउने मात्र हो। सार मा दुबै लडाई नै हो।
कसैलाई स्थापित गराउन त कसैलाई बिस्थापित गराउन तिम्रो लडाई निरन्तर जारी छ। सबै लाई थाहा छ, रैती र दास बिच लडाई को कुनै औचित्य हुँदैन। रैती रैती नै भएर जिउँछ भने मालिक पुस्ता को हस्तान्तरणमा मालिक नै भएर जिउँछ। हिजो “हामी यहाँ छौँ” भन्दै थिए मालिकहरु, साथ तिम्रो पाए पछि। सुन्दै छु आज स्टेजमा पुग्यो रे तिमी त्यही छौँ। भोली हवाईजहाज को सयर सङ्गै तारे होटलको ह्विस्कीको चियर्स मा गजराज मिश्र र सोमनाथ उपाध्याय ले झै स्वाधिनता बिलय को निम्ति सहिछाप गरिरहदा तिमी त्यही हुनुपर्छ। किनभने, तिमी ले स्वतन्त्रता को निम्ति अन्तिम लडाई लड्न बाँकी नै छ।
अस्तु: सबै को जयहोस्।