Wednesday, April 14
Shadow

इटालीमा श्रीमतीसँग झगडा भएपछि ४ सय ५० किलोमिटर हिँडे श्रीमान


  • -इ
  • इ+

काठमाडौ, मंसिर २३
श्रीमतीसँग झगडा परेपछि इटालीका एक पुरूष ४ सय ५० किलोमिटर हिँडेका छन्।श्रीमतीसँग झगडा परेपछि एक हप्ताअघि रिसाएर घरबाट निस्किएका ती पुरूषले ४ सय ५० किलोमिटर हिँडेको बिबिसीले जनाएको छ।

सो खबर बाहिरिएपछि इटालियनहरूले उनलाई ‘फोरेस्ट गम्प’को उपनाम समेत दिएका छन्। सन् १९९४ को सिनेमा फरेस्ट गम्पमा हलिउडका कलाकार टम ह्याङ्क्स हजारौं किलोमिटर हिँडेका थिए।

इटालीको कोमोबाट हिँडेको एक हप्तापछि उनलाई एड्रियाटिक कोस्टको फानोमा बिहान २ बजे प्रहरीले रोकेको थियोउनलाई कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएका कर्फ्युको उल्लंघन गरेको भन्दै प्रहरीले रोकेको हो।

४८ वर्षीय ती पुरूषलाई प्रहरीले ४ सय ८५ डलर जरिवाना समेत तिराएको छ। प्रहरीले सुरूमा उनी ४ सय ५० किलोमिटर हिँडेको कुरा विश्वास गरेका थिएनन्। तर एक हप्ताअघि आफ्ना श्रीमान हराएको भन्दै उनकी श्रीमतीले कोमोमा उजुरी दिएकी थिइन्।

इटालीका मिडियाका अनुसार प्रहरीले उनलाई भेटाउँदा उनी थकित र चिसिएका थिए।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्