Thursday, April 18
Shadow

तारकेश्वर नगर शाखाले दीप प्रज्योलन गरी ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनायो


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २४
कोरोनाबाट मुक्ति, शान्ति, सामाजिक सद्भाव र राजनीतिक स्थीरताको कामना सहित  ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाण्डौँको तारकेश्वर नगरपालिका शाखाले दीप प्रज्योलन गरी मनाएको छ । बुधबार साँझ तारकेश्वर नगरपालिका १० लोकतान्त्रिक चौतारामा एक कार्यक्रमको आयोजना गरी मनाईएको हो ।

आयोजित कार्यक्रममा बोल्दै शाखाका अध्यक्ष हरिराम तिमिल्सिनाले, पछिल्लो समय मानव अधिकार नै कुण्ठित हुदैँ गएको बताए । देशमा आम नागरीकले स्वतन्त्र भएर आफ्ना अभिव्यक्ति राख्दा होस् या न्यायको लागि छटपटाई रहेको होस् यस्तो अवस्थामा समेत मानिसले मानव अधिकारको प्रत्याभुति गर्न पाएको छैन ।

एउटा शिक्षकलाई घरबाट जबरजस्ति लगेर हत्या गरिन्छ, दिन प्रति दिन साना साना बालिकाहरु बलात्कृत हुनु परेको छ । एउटा मानव आफ्नो स्वतन्त्रताको अधिकारले बाँच्न सकिरहेको छैन् । मानव अधिकारका लागि बनेका संघ संस्थाहरुले अब सक्रिय भएर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares