Thursday, April 25
Shadow

मोरङमा शिक्षकको गोली हानी हत्या


  • -इ
  • इ+

 

काठमाडौ,मंसिर २३
मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाले  मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का शिक्षकको हत्या भएको जानकारी दिए ।
उनले घटनाबारे थप विवरण आउन बाँकी रहेको भन्दै प्रहरी टोली घटनास्थलमा जाँदै गरेको बताए । प्रारम्भिक जानकारी अनुसार ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा विप्लव समूहको संलग्नता आशंका गरिएको उनले बताए ।  श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान साढे ५ बजेतिर उनी अपहरणमा परेको खबर प्रहरीमा पुगेको थियो  । लगत्तै उनको खोजी कार्यमा प्रहरी परिचालन भएकोमा  शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares